नेपालमा कोरोनाका कारण मृत्यु हुने संख्या ५ पुग्यो

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।ललितपुरको किस्ट हस्पिटलमा ३ दिनअघि बिरामी भएर एक जना बिरामी भर्ना भएका थिए ।

उनको बुधवार दिउँसो उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले बताए । उनले जेठ ११ गते अस्पताल भर्ना भएका ललितपुरका ५७ वर्षीय पुरुषको लिभरमा समस्या भएपछि उनको दुई दिनअघि स्वाब संकलन गरेर पठाइएकोमा कोरोना पुष्टि भएको बताए ।

शवलाई शवगृहमा राखिएको र कसरी संस्कार गर्ने भन्ने विषयमा छलफल भइरहेको पनि उनले बताए । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

सम्बन्धित शिर्षक :