नर्स तथा स्वास्थ्यकर्मीको सुविधा कटौती नगरियोस : नर्सिङ संघ

स्वास्थ्यसमाचार / नेपाल नर्सिङ संघले निजि तथा सार्वजनिक स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुको तलव कटौती नगर्न माग गरेको छ ।

संघले विज्ञप्ती निकालेर कोरोना भाइरस रोगको महामारीको रोकथाम र नियन्त्रणका लागि नर्स लगायत स्वास्थ्यकर्मीहरु अहोरात्र खटिरहेको अवस्थामा विभिन्न निजि तथा सार्वजनिक स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुको तलव तथा सेवा सुविधा कटौती गरीरहेको भन्ने खवरप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

निजी तथा सार्वजनिक स्वास्थ्य संस्थाहरुको यस्तो कार्यको घोर भत्सर्ना गर्दै सरकारले तोके बमोजिमको सेवा सुविधा उपलब्ध गराउन संघले माग गरेको छ । सरकारले वैशाख १५ गते राजपत्रमा नै स्वास्थ्यकर्मीहरुको सेवा सुविधा कटौति नगर्न सूचना प्रकाशित गरिसकेको छ ।

सम्बन्धित शिर्षक :