नेपालमा २४ घण्टामा ८ जनाको मृत्यु, ४८४ जना कोरोना संक्रमित

रुपन्देहीमा ७ जना संक्रमित फेला, १जनाको मृत्यु

स्वास्थ्यसमाचारर नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार चार सय ३२  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार चार सय ८१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा चार सय ८४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । साथै पछिल्लो २४ घण्टामा ६४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार सात सय २८ पुगेको छ ।

अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा सात हजार ६ सय १३ जना छन् । यस्तै १४ हजार आठ सय ४६ जना क्वरेण्टीनमा रहेका छन् ।यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ ।

सम्बन्धित शिर्षक :