बुटबलको कोरोना अस्पतालमा मृत्यु भएका कपिलवस्तुका युवाको कोरोना नेगेटिभ

स्वास्थ्यसमाचार /बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कपिलवस्तुका युवामा कोरोना नेगेटिभ आएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका १२ बस्ने वर्ष २३ का प्रदीप तेलीको उपचारकै क्रममा कोरोना अस्पतालमा मृत्यु भएको थियो।उनमा कोरोना संक्रमण आशंका भएपछि स्वाब निकालेर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको हो ।

थापाका अनुसार तेलीलाई मृगौलामा समस्या रहेको थियो। तेली यही साउन २४ गते भारतको मुम्बईबाट घर आएका थिए। भारतबाट आउँदा खेरी नै ज्वरो र रुघाखोकी देखिएपछि उनले स्थानीय अस्पतालमा उपचार गराएका थिए।

श्वासप्रश्वासमा समस्या देखिनुका साथै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि उनलाई कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियोे ।तेलीसहित कपिलवस्तुका २ जनाको उपचार गर्दागर्दै बुधबार मृत्यु भएको थियो।

सम्बन्धित शिर्षक :