बुटबलको कोरोना अस्थायीअस्पतालमा २ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको हो ।

सघन उपचारमा रहेका ७ जना संक्रमित मध्य २ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको थियो। उनको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

कपिलवस्तुकै २५ वर्षिय युवाको गयराती नै कोरोना बिशेष अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। मंगलबार नै कोरोनाको लक्षण देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालबाट कोरोना बिशेष अस्पतालमा लगेर भेन्टिलेटरमा राखिएको थियो ।

मध्यरातीबाट समस्या बढेदै गएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको पीसीआर रिपोर्ट नआएपनि अस्पतालले कोरोनाकै मापदण्डमा राखेर उपचार गरेकाले कोरोनाबाट मृत्यु भएको भन्न सकिने प्रवक्ता गौतमले बताए ।

सम्बन्धित शिर्षक :