भीमअस्पताल भैरहवामा बिरामीको भिड बढदो

स्वास्थ्यसमाचार / भैरहवास्थित भीम अस्पतालमा पुनः सम्पुर्ण स्वास्थ्य सेवा सुचारु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण प्रदेश ५ सरकारले कोभिड १९ विशेष अस्पतालको रुपमा सञ्चालन गर्दै अस्पतालमा पुरानै अवस्थामा लगेर स्वास्थ्य सेवा सञ्चालन गरिएको छ । प्रदेश ५ मा कोभिड–१९का बिरामी घटेको र अस्पतालमा कोभिडका बिरामी शुन्य भएकाले अन्य स्वास्थ्य सेवा सुचारु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नालले जानकारी दिए । अस्पतालमा बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, प्रसुती सेवा, सामान्य चिकित्सा, मातृ शिशु, थाइराईड परीक्षणसहितको प्रयोगशाला, खोप, पोषण, परिवार नियोजन, एक्सरे, ई.सि.जी., यु.एस.जी. लगाएतका अस्पतालले…

प्रदेश ५ का ६० वटा एम्बुलेन्स अनलाइन जिपीएस ट्राकिङ्ग सुरु

स्वास्थ्यसमाचार / प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वाथ्य निर्देशनालयले प्रदेश ५ का ६० वटा एम्बुलेन्सलाईअनलाइन जिपीएस ट्राकिङ्ग सुरु गरेको हो । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको र फोन नउठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भनेर जवाफ आउने गरेको प्रसस्त्र उदाहरण छन् । सोही वाध्यता अन्तय गर्नको लागि प्रदेश सरकारले यो अभियान सुरुवात गरेको हो ।   एम्वुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको बास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक विरामीलाई छिटो छरितो एम्वुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले हाल प्रदेशका ६० वटा एम्वुलेन्सहरुमा एक्डिभाइस जडान गरी स्वास्थ्य…

लकडाउन अन्त्य गर्ने अपरिपक्व निर्णय : डा रवीन्द्र पाण्डे

स्वास्थ्यसमाचार/सरकारले आज रातिबाट लागु हुनेगरी लकडाउन अन्त्य गरेको छ  ।कोरोना संक्रमणको समुदायमा ब्यापक परीक्षण गरेर बास्तबिक अवस्था थाहा नपाइ गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व छ । ब्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउनेछ । देशका करिब ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्याका लगायत सहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण ब्यापक फैलिएको तथा नेपालसंग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण छ । परीक्षण गर्दै चरणबद्ध रुपमा…

प्रदेश ५सामाजिक विकास मन्त्रालयद्धारा हेल्पलाईन सेवा शुभारम्भ

स्वास्थ्यसमाचार /प्रदेश ५सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजना अन्तर्गत स्वास्थ्य आपतकालिन हेल्पलाईन सेवा सुरु गरेको छ । प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपको क्षति न्यूनिकरण गर्दे नागरिकको जिउधनको संरक्षण गर्न निशुल्क हेल्पलाईन सेवा सुरु गरिएको हो । सेवाको सामाजिक विकास मन्त्री सुदर्शन वरालले शुभारम्भ गर्दे हेल्पलाईन सेवाले आपतकालिन स्वास्थ्य सेवा तथा सामाजिक परामर्स स्वास्थ्य सम्वन्धी अध्यावधिक सूचना जानकारी लिन नागरिकलाई सहजता ल्याउने वताए । वरालले प्रदेशमा कोभिड –१९ को प्रभाव न्यूनिकरण हुदै गएको बताउहुदै परिक्षण समुदाय स्तरमा पु¥याईएको वताए । हेल्पलाईन सेवा प्रभावकारी रुपमा संचालन गर्न कर्मचारीहरुलाई निर्देशन दिुदै मन्त्रीबरालले छिटो रेस्पोन्स…

कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा

काठमाडौं/ सरकारले कोभिड–१९ को जोखिम भत्तालगायत कर्मचारी व्यवस्थापन र सो सँग सम्बन्धित औषधी एवं औषधी जन्य सामाग्रीको व्यवस्थापनका भन्दै केन्द्रीय अस्पताल, सातै प्रदेश र निजी अस्पताल गरी ७२ करोड २० लाख ४३ हजार ५ सय रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत कोभिड—१९ उपचार गरिरहेका १४ वटा सरकारी अस्पताल तथा प्रतिष्ठान, ७ वटै प्रदेश सरकार र १७ वटा निजी अस्पताललाई सो रकम निकासा गरेको हो । सरकारले १ जना सामान्य लक्षण भएका संक्रमितको दैनिक ३ हजार ५ सय रुपैयाँका दरले रकम उपलब्ध गराएको छ । ७ प्रदेशमा १२…

प्रदेश ५ का ६ जिल्लामा समुदायमा कोरोना संक्रमणको स्थिती पत्ता लगाउन परीक्षण सुरु

स्वास्थ्यसमाचार/ सामाजिक विकास मन्त्रालयले कोभिड –१९ समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन नमुना संकलन कार्य शुरु गरेको छ । अहिले सम्म शंकास्पद व्यक्तिको मात्र आर डिटि र पिसिआर परिक्षण भएको थियो । समुदाय स्तरमा भएको प्रभावको लागि समुदाय स्तरमा परिक्षणको लागि स्वास्थ्यकर्मीहरुको टोलि परिचालन भएको मन्त्रालयले जनाएको छ । प्रदेश नं ५ सामाजिक विकास मन्त्री सुदर्शन वरालले  एक प्रेस विज्ञप्ती जारी गर्दे अव समुदाय स्तरमा नमुना संकलन गर्न गईरहेको जनाउनु भएको छ । पहिलो चरणमा प्रदेशका ६ जिल्लामा नमुना संकलन गरिने छ । अर्घाखाची, नवलपरासी, रुपन्देही वर्दिया कपिलवस्तु र…

रुपन्देहीमा रोटा भाईरसको खोप वच्चालाई खुवाएर उदघाटन

स्वास्थ्यसमाचार /रुपन्देहीमा नयाँ खोप रोटा भाईरस संगै सरसफाई प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । प्रदेश ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले तिलोत्तमा नगरपालिकाको मधवलिया स्वास्थ्य चौकीमा नयाँ खोप रोटा भाईरस बच्चालाई मुखमा थोपा खुवाएर उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै सामाजीक बिकास मन्त्री सुदर्शन बरालले हरेक बालबालिकाको पहुचमा रोटाभाईरसको खोप र हरेक आमाहरु लाई पुर्णसरसफाई बारे जानकारी गराईने बताए ।नेपालमा अरु नियमित खोप संग यो खोप पनि भएको मन्त्री बरालले बताए । तिलोत्तमा नगरपालिका प्रमुख वासुदेब घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५का स्वास्थ्य निर्देशक डा बिनोद गिरी जिल्ला समन्य समितिका…

लुम्बिनी प्रादेशिक अस्पतालका कर्मचारी, बोक्न आफ्नै २ बस संञ्चालन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले डाक्टर नर्स र कर्मचारी, बोक्न दुई वटा गाडी सञ्चालनमा ल्याएको छ।अस्पतालका कर्मचारीलाई वोक्न सुनवल, भैरहवा र सालझण्डी तीन ठाउँबाट ल्याउन र पुर्याउन दुई वटा गाडी सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।   लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले लकडाउनका कारण सार्वजनिक यातायात नचल्दा टाढाबाट आउने कर्मचारीले सास्ती भोग्दै आएपछि अस्पताले दिर्घकालिन समाधानको लागी अस्पतालले २ बटा बस खरिद गरि संञ्चालनमा ल्याएको बताए । अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले ६२ लाख रुपैयाँमा दुई वटा गाडी खरिद गरी आजबाट सञ्चालनमा ल्याइएको बताए। अस्पतालले स्वास्थ्यकर्मीर कर्मचारी…

कोरोना महामारी विरुद्ध लडन योग र आयुर्वेद औषधी प्रभावकारी

स्वास्थ्यसमाचार /कोरोना महामारी विरुद्ध लडन मानिसमा रोगप्रतिरोधक क्षमता बढाउन योग र आयुर्वेद औषधी प्रभावकारी बनेको सरोकारवालाले बताएका छन । रुपन्देहीका क्वारेन्टिन र आइसोलेशन सेन्टरमा चैतबाट नै योग सगै आयुर्वेद्धिक औषधी वितरण थालिएको थियो । रुपन्देही भन्दा बाहिरबाट आएका देश भित्रैका तथा बाहिरी मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न थालेपछि उनीहरुको क्वारेन्टाइन बसाइ सुखद बनाउन योग तथा चिकित्सापद्धतीलाई पनि जोडिएको थियो । शुरु शुरुमा क्वारेन्टाइनहरुमा मात्रै शुरु गरिएको यस अभियान पछि कोरोना संक्रमित रहेका आइसोलेसन सेन्टरहरुमा समेत शुरु गरियो । बुटवलका सबै जसो आइसोलेसन तथा क्वारेन्टाइनहरुमा पुगेर योग सिकाउदै आएका योग प्रशिक्षक विष्णुहरि…

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुविधा अरुक्षेत्रले सिक्ने खालको बनाउँँछु: अध्यक्ष भट्टराई

सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई नियुक्त गरेको छ । स्वास्थ्यक्षेत्रमा बिगत १९ बर्षसम्मको अनुभब भएका भट्राई स्वास्थ्य क्षेत्रको अलबा यातयात क्षेत्रमा समेत १० बर्षको अनुभव रहेको छ। स्पट बक्ताका रुपमा परिचित भट्टराई लुम्बिनी प्रादेशिक अस्पतालमा आएपछि के छन नयाँ योजना अस्पतालको काम सुधार र भावि योजनाका बारे स्वास्थ्य समाचारका लागी चन्द्रकान्त खनालसंग गरेको कुराकानी – लामो समयदेखि अन्य क्षेत्रमा बिताउनु भएको तपाईंको यात्रा अस्पताल तर्फ कसरी आयो । यो अस्पतालको सुधारमा तपाईंका योजना के के छन ? म लामो समय संम्म स्वास्थ्य क्षेत्रमै…