नेपालगञ्जमा कोरोना सङ्क्रमितबाट जन्मिएको शिशुको मृत्यु

स्वास्थ्यसमाचार /नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन ।

भेरी अस्पतालमा भर्ना भएका रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो। सो महिलाले सोही दिन राति ९ः३५ बजे शल्यक्रियापछि दुई किलो ७०० ग्राम तौलको शिशु छोरा जन्म दिएका थिए।

मेडिकल कलेजमा कोरोना सङ्क्रमितबाट जन्मिएका शिशुको मृत्यु भएको र आमाबुुबा आइसोलेसनमा रहेको सहायक निर्देशक कनोडियाले जानकारी दिए।

सम्बन्धित शिर्षक :