सबै चिकित्सक/स्वास्थ्यकर्मी को पिसिआर परीक्षण अनिवार्य

स्वास्थ्यसमाचार /सरकारले अस्पतालहरुमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मी र नर्सलगायतका फ्रन्टलाइनरको अनिवार्य पिसिआर परीक्षण गरेर काममा खटाउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले विज्ञाप्तिमार्फत संक्रमण र जोखिम बढ्दै गएको भन्दै यस्तो निर्देशन दिएको हो ।संक्रमण बढ्दै जाँदा अस्पतालहरुमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वस्थ राखेर नियमित स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाई हुन नदिनु सबैको जिम्मेवारी भएको उल्लेख गरेको छ ।

स्वास्थ्यकर्मीलाई संक्रमित हुनबाट जोगाउन र संक्रमित चिकित्सकरस्वास्थ्यकर्मीबाट सर्वसाधारणहरु लाई संक्रमण हुनबाट जोगाउन सबै फ्रन्टलाइन मा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीको अनिवार्य पिसिआर परीक्षण गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ स्वास्थ्य तथा जनसंख्यामन्त्रालयको बिज्ञेप्ती

सम्बन्धित शिर्षक :