राष्ट्रपतिबाट विभूषित लुम्बिनी प्रादेशिक अस्पतालका दुईहस्ती डा थापा र नर्स पौडेल

स्वास्थ्यसमाचार/ केही महिनादेखि जारी कोभिड महामारीमा जोखिम मोलेरै सेवा गरेका चिकित्सक र नर्सको मनोवल बढाउनेगरी सरकारले संविधान दिवसको अबसमा विभूषण प्रदान गरेको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोभिड उपचारमा खटिएका चिकित्सक डा. सुदर्शन थापा, र लुम्बिनी प्रादेशिक अस्पतालकि नर्सिङ इन्चार्ज ज्योति पौडेल, राष्ट्रपति प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित गरिएको छ।

पछिल्लो समयमा कोरोना बिषेश अस्पतालमा फोकल प्रशनको रुपमा सक्रिय रहेका छन डा सुर्दशन थापा । चिकित्सकलाई नेतृत्व लिएर फ्रन्टलाइनमा रहेर डा थापा लामो समय देखी लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहेका छन ।

कोरोना उपचारमा नर्सको नेतृत्व लिएर फ्रन्टलाइनमा रहेर उनले काम गर्दै आएकी ज्योतिले अस्पतालमा काम थालेको साढे ५ वर्ष बितिसकेको छ। २०७१ सालमा लोकसेवा आयोगबाट नर्सिङ अधिकृतको सातौं तहमा नाम निकालेकी थिइन्।

सुरुमा उनी प्रादेशिक अस्पतालको वार्ड इन्चार्ज थिइन्। ०७६ सालदेखि भने अस्पतालको नर्सिङ इन्चार्जका रूपमा काम गर्दै आएकी छन्। विभूषित व्यक्तिहरुलाई राष्ट्रपति भण्डारीले नयाँ बर्ष २०७८ बैशाख १ गते तक्मा प्रदान गर्नु हुनेछ ।

संविधान दिवसको अवसर पारेर राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रदान गर्ने विभिन्न विभुषण तथा अलङ्कार प्राप्त गर्ने १२३ भन्दा बढी स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तिहरु हुन।

सम्बन्धित शिर्षक :