बुटबलको कोरोना अस्पतालमा कपिलबस्तुकी महिलाको मृत्यु

स्वास्थ्यसमाचार/  बुटबलको कोरोना अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी बिस्नु गौतमले दिएको जानकारी अनुसार कपिलवस्तु शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको वताए ।

बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा २१ भदौमा कोरोना पुष्टि भएपछि भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो । उनी मिर्गौला रोगबाट पीडित रहेको डायलासिस भइरहेको डा गौतमले बताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :