देवदहको क्वारेन्टिनमा २५ वर्षिय युवाद्धारा आत्महत्या

स्वास्थ्यसमाचार/ रुपन्देहीको देवदहमा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेनिमा सोही वडाका २५ वर्षिय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन् ।

ईलाका प्रहरी कार्यलय बुटबलका अनुसार भदौ १७ गते भारतबाट आएका उनी उक्त क्वारेन्टिनमा बसेको १३ दिन पुगिसकेको थियो । बुधबार राति क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टी गरेको छ ।

पांच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट आएको थिएन । ‘आज वा भोलि रिपोर्ट आइपुग्ने कुरा थियो’–देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले भने–‘उनले आत्महतया गर्नुको कारण नखुलेको बताए ।’

प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । यसअघि पनि सोही क्वारेन्टिनमा एकजनाले शरीरमा आगो लगाउंदा मृत्युु भएको थियो ।

सम्बन्धित शिर्षक :