लुम्बिनी प्रादेशिक अस्पतालमा औषधी तथा विरामी सुरक्षा युनिट उद्घाटन

सरकारी अस्पतालमा नेपालमै पहिलो युनिट

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा औषधि तथा विरामी सुरक्षा युनिट स्थापना भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डन डा राजेन्द्र खनालले रिवन काटेर यो युनिटको उद्घाघाटन गरे। यस्तो युनिट सरकारी अस्पतालमा नेपालमै पहिलो हो ।

विश्व विरामी सुरक्षा दिवसको अवसर पारेर यो युनिट स्थापना गरिएको हो । यो युनिटमा औषधिको प्रयोग कसरी गर्ने, औषधिले साइड इफेक्ट गर्छ या गर्दैन, एकै पटक धेरै औषधि एकै पटक खादा त्यसको असर के हुन सक्छ तथा औषधि कसरी सेवन गर्ने विषयमा परामर्श दिने गरिन्छ ।

प्रादेशिक अस्पतालका क्लिनिकल फर्माकोलोजिष्ट डा बिजय भण्डारीले यो युनिटमा सेवा प्रदान गर्नेछन् । दुई साताअघि अस्पतालमा नियुक्ती भएका उनले विरामी सुरक्षा दिवस पारेर यो सेवा शुभारम्भ गरिएको बताए ।

उदघाटन समारोहमा बोल्दै मेसु डा खनालले लुम्बिनी अस्पतालमा विशिष्टकृत सेवा बढ्दै गएको बताए ।‘पूर्वाधार निर्माणसंगै अस्पतालमा बिशिष्टिकृत सेवा समेत विस्तार भइरहेका छन्, उनले भने–‘यो युनिट पनि अस्पतालका लागि निकै महत्वपूर्ण हो । यसबाट बिरामीले लाभ लिनेछन् ।’

यो युनिट ओपिडीका रुपमा सञ्चालन हुनेछ । विरामीका लागि कुनै डाक्टरले औषधि लेखिसकेपछि बिरामीहरु यो युनिटमा आएर परामर्श लिन सक्नेछन् ।

विरामीको उपचारका लागि दिइएको औषधिको प्रयोग, यसले गर्ने इफेक्ट, एकैपटक धेरै प्रकारका औषधि खादा हुने असरका विषयमा सफ्टवेयरबाट अध्ययन गरी परामर्श दिइने डा। भण्डारीले बताए । ‘यो युनिटले विरामी र डाक्टरबीच सुमधुर सम्बन्ध स्थापित गर्ने काम गर्छ, उनले भने ।

अहिले विरामीहरुले डाक्टरले औषधि विकाउन धेरै खान भन्यो भन्ने आरोप लगाउने गर्छन् । यो युनिटले त्यसको उपयोगिताका विषयमा विरामीलाई जानकारी दिनेछ । औषधि तोकिएको समयसम्म नखादा रोगका किटाणुहरु झन बलिया हुदै जाने र पछि औषधिले नै काम नगर्ने अस्वथा सिर्जना भइरहेकाले जनचेतनाका लागि समेत यो युनिट फलदायी हुने अपेक्षा गरिएको छ ।

यसले उपचारलाई महंगो हुनबाट सहयोग गर्न मद्त गर्दछ । गलत औषधिको प्रयोगबाट समेत बचाउन यो युनिटले काम गर्नेछ ।पछिल्लोसमय लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा बिस्तार हुदै आएका छन ।

सम्बन्धित शिर्षक :