निःसन्तान दम्पती लक्षित ‘आइभिएफ’ सेवा सञ्चालन

काठमाडौं- कीर्तिपुर नगरपालिकाकी २८ वर्षीया एक महिला जति खुसी देखिन्छिन् त्यतिकै बैतडीकी ३३ वर्षीया महिलाको अनुहारमा पनि चमक छ। निःसन्तान उनीहरुमा अहिले सन्तानका लागि ‘आइभिएफ’(इनभिट्रो फर्टिलाइजेसन) पद्धतिमार्फत गर्भाधान सफल भएपछि उनमा खुसी देखिएको हो। चिकित्सकका अनुसार महिलाको पाठेघरको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको वा अन्य कुनै महिलाबाट लिनुपर्ने भए वा पुरुषको वीर्यमा कुनै खराबी देखियो भने अण्डा र वीर्य झिकेर संयोजन गराइ प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा निश्चित दिनसम्म राखिन्छ। यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै ‘आइभिएफ’ पद्धति हो। सुरुआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई…

तीतो तर गुनिलो करेला

काठमाडौं । हाम्रा वरिपरि रहेका हरेक खाने चिजहरू कुनै न कुनै रूपमा औषधियुक्त हुन्छन् । त्यसलाई हामी कसरी ग्रहण गर्छौं भन्ने कुरा हो । आउनुहोस् यहाँ चर्चा गरौँ  तीतेकरेलाका बारेमा  । नाम नै तीतेकरेला नामअनुसार यसको स्वाद तीतो नै हुन्छ । तर, यो गुणहरूले भरिएको तरकारीमा पर्छ । वैज्ञानिक वर्गीकरणअनुसार, फूल फुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्छ यो । ‘मोमोरडिका चरनिटा’ वैज्ञानिक नामबाट चिनिने तीतेकरेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ । अंग्रेजीमा भने यसलाई बिटरमेलन वा बिटरगोर्ड भन्ने गरिन्छ । हरियो र सेतो देखिने यो खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर तरकारी मानिन्छ । यो…

समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर

स्वास्थ्यसमाचार/ विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ । रेटिनोब्लास्टो भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा ९रेटिना०बाट पलाउने क्यान्सर हो र यो नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखापर्छ । तिलगङ्गा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले साताभरी विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइरहेको जनाएको छ । यो रोग करिब १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिन्छ र यो रोगले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको पाँच प्रतिशत ओगटेको छ । प्रतिष्ठानले अस्पताल…

लुम्बिनी प्रदेश सहित तराईका जिल्लामा आउँदो ३ दिन ‘लू’ चल्ने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशसहित तराईका जिल्लामा आउँदो तीन दिन तातो हावा चल्ने भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । भारतको मौसम विभाग र बैंककमा रहेको क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनीअनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । ४० डिग्रीभन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियस भन्दामाथि तापक्रम पुगेको छ । यसअघि नै विज्ञहरूले नेपालमा यस वर्ष…

उच्च रक्तचापका बारेमा जान्नैपर्ने कुरा

स्वास्थ्यसमाचार/ हाम्रो मुटुको धड्कनले शरीरको सम्पूर्ण अंगहरुमा रगत सञ्चार गर्दछ । रक्तनलीबाट रगत सञ्चार गर्नेक्रममा रक्तनलीको भित्तामा पर्ने चापलाई नै रक्तचाप भनिन्छ ।मुटु खुम्चिँदा रक्तनलीको भित्तामा पर्ने चापलाई ‘सिस्टोलिक चाप’ वा ‘माथिल्लो चाप’ भनिन्छ । मुटु फुक्दा रक्तनलीको भित्ताहरुमा पर्ने चापलाई ‘डायस्टोलिक चाप’ अथवा ‘तल्लो चाप’ भनिन्छ । रक्तचाप सामान्यतस् पारो मर्करीको मिलिमिटर९एमएम एजजी०मा मापन गरिन्छ । उच्च रक्तचापको कारण र जटिलताहरु  विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार सामान्यतस् व्यक्ति आराम गरिरहेको बेला बारम्बार १४० ९माथिल्लो चाप० ओभर ९० ९तल्लो चाप० एमएम एजजी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ। धेरै जसो रक्तचाप बिना…

किन दुख्छ छाती ? यी रोग हुन सक्छन्

स्वास्थ्यसमाचार/छाती दुख्नुको अर्थ मुटुकै कारण हो भन्न मिल्दैन, हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौ तर त्यो सोचाइ गलत हो । लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित हुँदैनन् । तर दुखाइको प्रकृति फरक भएकोले यदि तपाइलाइ मुटुको समस्या छ भनि चाडैनै डाक्टरलाइ देखाई हाल्नु पर्छ । र अझ ह्दयाघातको कारणले छाती दुखेको भए , १ मिनेट पनि समय खेर नफाली अस्पताल गैहाल्नु पर्छ । छाती दुख्नुको कारणहरु हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंगहरु हुन्छन् । छाती दुखेमा पहिला यी दुई…

मधुमेहको जोखिम कम गर्ने ६ उपाय

स्वास्थ्यसमाचार/मेरिकन डायबिटिज एसोसिएसनका अनुसार सन् २०१९ मा १८ वर्षभन्दा माथिका नौ करोड ६० लाख अमेरिकी प्रि–डायबिटिज बोर्डरलाइन डायबिटिजमा थिए । प्रि–डायबिटिजमा भए पनि उपचारात्मक एवं स्वस्थकर जीवनशैली अपनाए टाइप–२ डायबिटिजको खतरा पछि सर्न वा सदाका लागि हराउन सक्ने पोषणविद्हरूको सुझाव छ । कतिपय व्यक्तिमा त जीवनशैलीमा सामान्य परिवर्तनले मात्रै पनि चिनीको स्तर सामान्य स्तरमा ल्याउन सकिने पुष्टि भएको छ । प्रि–डायबिटिजमा विज्ञता हासिल गरेका रजिस्टर्ड डाइटिसियन न्युट्रिसियनिस्ट ९आरडिएन्सहरू टाइप–२ मधुमेहको जोखिम घटाउन केही स्वस्थकर बानी सिफारिस गर्छन् । तनाव व्यवस्थापन तनावले शरीरको प्रतिरक्षा प्रणालीलाई क्षति पुर्‍याएर स्वास्थ्यमा नराम्रो असर पुर्‍याउँछ र थुप्रै प्रकारका बिरामीको…

फ्रेबुअरी महिनाभर आयोडीन महिना :तिलोत्तमापनि विविध कार्यक्रम गर्ने

नेपाल सरकारले ‘फ्रेबअरी’ महिनालाई आयाेडीनको महिनाको रूपमा हरेक वर्ष मनाउदै आईरहेको छ। नेपालमा आयाेडीन कार्यक्रमको सुरुवात १९६० को दशक देखि नै एक जनस्वास्थ्य समस्याका रुपमा रहिआएको र यस समस्याले गर्दा, नेपाल ६ दशकसम्म आइपुग्दा पनि आयाेडीनको कमीले हुने विकृतिहरु जस्तैः गलगाँड, शारीरिक र मानसिक र क्रेटिनिज्म भनिने लाटो लठ्यौरोपन कहि कदा देखिइरहेको छ।  आयोडिनको कमीले हुने विकृति बारे हरेक नागरिकमा आयोडिनको बारेमा सचेतना फैलाउने महिनाका रुपमा २०२२ फेब्रुअरी महिनालाई नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईने कार्यक्रम रहेकाले तिलोत्तमा नगरपालिकामा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि आमनागरिकतामा आयोडिन महिनाबारे थप जानकारी होस…

ओमिक्रोन प्रजातिसंग कति डराउने :डा रबिन्द्र पान्डे

-अहिलेसम्मको तथ्यांक हेर्दा ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा निकै कम घातक देखिएको छ । हालसम्म ओमोक्रोनको कारण संसारमा कसैको पनि मृत्यु भएको छैन । – अफ्रिका तथा युरोपमा फैलिएको यो लहरमा डेल्टा प्रजाति प्रमुख हो।हामीले दोस्रो लहरमा भोगेको डेल्टा प्रजाति अहिले अफ्रिका र युरोपमा फैलिएको छ ।त्यसमा ओमिक्रोन पनि मिसिएको छ। तर अति न्यून – अफ्रिकन मुलुकमा ओमिक्रोनले बालबालिका तथा युवा बढी प्रभावित भएका छन् । तर अस्पताल भर्ना हुने वा आइसीयु चाहिने संख्या एकदम न्यून छ । – कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्ति तथा पहिले संक्रमित भएका व्यक्तिलाई यो नयाँ प्रजातिले…

कपिलवस्तुमा मंसिर ५ देखि हैजा विरुद्धको खोप अभियान चलाइने

स्वास्थ्यसमाचार/ कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा लिन हैजा विरुद्धको खोप अभियान चलाइने भएको छ ।मंसिर ५ गतेदेखि १२ गतेसम्मको १० दिन अभियानका रुपमा मुखबाट हैजा विरुद्धको खोप खुवाइने छ । कपिलवस्तुका कृष्णनगर, शिवराज, महाराजगन्ज, विजयनगर नगरपालिका र यशोधरा गाउ“पालिकामा असोज १८ देखि हैजा फैलिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवारवार कल्याण मन्त्रालयले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै डब्लुएचओबाट प्रमाणित स्यानकोल नामक भ्याक्सीन लगाउन थालेको जानकारी दिएको छ ।उक्त खोप २ देखि ४ हप्ताको फरकमा २ मात्रा लगाउनुपर्छ । दुवै मात्रा पाएका व्यक्तिको ७ देखि १० दिनबाट उक्त खोपले काम…