उच्च रक्तचापका बारेमा जान्नैपर्ने कुरा

स्वास्थ्यसमाचार/ हाम्रो मुटुको धड्कनले शरीरको सम्पूर्ण अंगहरुमा रगत सञ्चार गर्दछ । रक्तनलीबाट रगत सञ्चार गर्नेक्रममा रक्तनलीको भित्तामा पर्ने चापलाई नै रक्तचाप भनिन्छ ।मुटु खुम्चिँदा रक्तनलीको भित्तामा पर्ने चापलाई ‘सिस्टोलिक चाप’ वा ‘माथिल्लो चाप’ भनिन्छ ।

मुटु फुक्दा रक्तनलीको भित्ताहरुमा पर्ने चापलाई ‘डायस्टोलिक चाप’ अथवा ‘तल्लो चाप’ भनिन्छ । रक्तचाप सामान्यतस् पारो मर्करीको मिलिमिटर९एमएम एजजी०मा मापन गरिन्छ ।

उच्च रक्तचापको कारण र जटिलताहरु 

विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार सामान्यतस् व्यक्ति आराम गरिरहेको बेला बारम्बार १४० ९माथिल्लो चाप० ओभर ९० ९तल्लो चाप० एमएम एजजी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ।

धेरै जसो रक्तचाप बिना कुनै कारक तत्वले हुन्छ तर पनि उमेर, लिङ्ग, वंशाणुगत, मोटोपना, अस्वस्थ खानपान, व्यायामको अभाव र धुम्रपान, मध्यपान तथा सूतिजन्य पदार्थको सेवन उच्च रक्तचापका कारण हुन सक्छन् । नियन्त्रण तथा उपचार नगरिएको खण्डमा शरिरका विभिन्न भागहरुमा जस्तै मस्तिष्क, मुटु, मृगौला, आखाँ जस्ता प्रमुख अङ्गहरुमा क्षति पुग्न जाने तथा ज्यान नै जाने खतरा पनि हुन सक्छ । अनियन्त्रित उच्च रक्तचापले निम्न जटिलता निम्त्याउँछ ।

उच्च रक्तचाप लक्षणहरु 

टाउको दुख्ने भारी हुने, नाकबाट रगत बग्ने, चक्कर लाग्ने, झम्म हुने, श्वास फेर्न गाह्रो हुने, मुटुको ढुकढुकी बढे जस्तो हुने, आखाँ धमिलिने, छाती दुख्ने, खुट्टा वा अनुहार सुन्निने

उच्च रक्तचापको नियन्त्रण र रोकथामका उपायः

उच्च रक्तचापको रोकथामको लागि हाम्रो दैनिक जीवनशैली र क्रियाकलापमा परिवर्तन ल्याउनु पर्छ । दैनिक आहारमा अत्यधिक मात्रामा नुनको प्रयोगमा ध्यान दिनुपर्छ । एउटा स्वस्थ व्यक्तिले दैनिक ५ ग्राम भन्दा बढी नुन खानु हुदैन ।

नुनले रक्तचाप बृद्धि गर्ने भएकोले उच्च रक्तचाप भएका बिरामीले दिनमा ४ ग्राम भन्दा बढी नुनको प्रयोग गर्नु हुदैन । अत्यधिक मात्रामा नुन हुने खानेकुरा जस्तै पापड, दालमोठ, भुजिया, बोतलको अचार आदि खानेकुरा सकेसम्म खानु हुदैन ।

त्यसैगरी धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन नगर्ने र त्याग्ने, मद्यपान नगर्ने, सन्तुलित खाना र प्रशस्त मात्रामा सागसब्जी तथा फलफुल खाने, शरीरको वजन नियन्त्रणमा राख्ने, आफ्नो दिमागलाई तनाव मुक्त राख्ने, नियमित व्यायाम गर्नाले रक्तचाप सन्तुलनमा राख्न सकिन्छ ।

उच्च रक्तचाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा दैनिक नछुटाई औषधी सेवन गर्नुपर्छ । औषधी नखाएमा वा स्वास्थ्यकर्मीको सल्लाहबिना बिचैमा छोडेमा मस्तिष्कघात, हृदयघात, मृगौलाले काम नगर्ने, अकस्मात मृत्यु हुने समेत हुन सक्छ।

सम्बन्धित शिर्षक :