नियमित सेक्स फाईदै फाईदा, कारण जान्नूहोस् !

सेक्स आनन्द र सन्तान प्राप्ती मात्र हैन तनाव र पिडा मुक्त गर्ने माध्यम पनि हो

स्वास्थ्यसमाचार । यदि तपाई सेक्स केवल आनन्द र सन्तान उत्पादनको लागि मात्र हो भन्ने सोच्नु हुन्छ भने गलत हुनुहुन्छ । वयष्क मानिसहरुको लागि असल मात्र हैन धेरै कुराको लागि उपयोगि पनि छ । नियमित सेक्सको फाइदाहरु यस प्रकार छन् :

१) तनावलाई घटाउँछ : धेरै मानिसहरु विभिन्न कारणले गर्दा तनवमा हुन्छन् । नियमित सेक्सले मुड मात्र ठिक पार्दैन कि यस्ता तनावबाट मुक्त गराई खुसी पनि प्रदान गर्दछ । साथै तनावलाई सजिलै घटाउन पनि मद्दत गर्दछ ।

२) दुखाई कम गराउँछ : तपाईको टाउको दुखेको होस् वा कुनै कारणले शरीर दुखेको होस् यी सबैको औषधी सेक्स हुन सक्छ । मलाई आज टाउको दुखेको छ वा जिउ दुखेको छ भनेर पन्छिन नखोज्नुस् । जब तपाई चरम उत्कर्षमा पुग्नु हुन्छ तब अक्सिटक्सिन भन्ने हार्मोनको मात्रा अत्यधिक बढ्छ जुन हार्मोनले दुखाईहरु कम गर्दछ ।

३) रक्त संचार बृद्दि गर्दछ :
सेक्सको समयमा मुटुको धड्कन अत्यधिक वृद्दि हुन्छ र ताजा रगत शरीरको विभिन्न अंगमा प्रवाह गर्दछ । जब प्रयोग भएको रगत निष्कासित हुन्छ शरीरमा उत्पन्न भएका तक्सिनलाई पनि मार्दछ ।

४) मिठो निन्द्रा दिन्छ : यदि तपाई राति राम्रोसँग निदाउन सक्नु हुन्न भने अन्य औषधिको सहायता लिनु अगाडि यो विषयलाई पनि सोच्नुस् । प्रत्येक दिन सुत्नु अगाडि सेक्स गर्नु भयो भने तपाईलाई यसले मिठो निन्द्रा प्रदान गर्दछ र तपाई राम्रोसँग सुत्नु हुने छ ।

५) दीर्घजीवी बनाउँछ : सेक्सपछिको चरम उत्कर्षको समयमा डिहाइड्रोपेन्ड्रोस्टेरन नामक हार्मोन निस्कन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै बिग्रेका तन्तुहरुलाई पनि मिलाउँदछ । यो प्रकृया स्वस्थ छालाको लागि अति आवश्यक हुन्छ । जो मानिस नियमित रुपमा कम्तिमा हप्ताको दुइ पटक सेक्स गर्छ ऊ नगर्ने मानिसभन्दा ज्यादा समय बाँच्छ ।

६) रोग प्रतिरोधात्मक क्षमता बृद्दि गर्छ : नियमित सेक्सले रगतमा आवश्यकता पर्ने ईम्युनोग्लोबिन ए को मात्रालाई वृद्दि गर्दछ जसले चिसो तथा रुघा खोकि लगायत ज्वोरो आउने जस्ता सामान्य बिरामी हुनबाट बचाउँछ ।

७) हृदयघात कम गर्छ : हालै गरिएको अध्ययनले के देखार्को छ भने दुइ पटक सेक्स गर्ने मानिसल्काई महिनामा एक चोटी गर्ने भन्दा कम हृदयघात भएको पाइएको छ ।

८) शरिर तन्दुरुषत बनाउँछ : यदि तपाई शरीर बनाउन को लागि जीम जाने सोच्दै हुनुहुन्छ भने यता पनि सोचिहाल्नुस् । नियमित सेक्सले तपाईको शरीरमा अचम्मको काम गर्छ । आधा घण्टाको सेक्सले शरिरको ८० क्यालोरी नष्ट गर्दछ । त्यस्तै गरि पुरुषमा हुने टेस्टोरन जस्ले पुरुषलाई मायालु बनाउन मद्दत गर्दछ लाई वृद्दि गर्दछ । यसले मांशपेशी तथा हड्डिलाई मजबुद बनाउनुको साथै कोलेस्ट्रोल कम गरि मुटुलाई पनि स्वस्थ बनाईराख्छ । त्यस्तै गरि महिलामा हुने एस्ट्रोजेनलाई बृद्दि गर्दछ जसले महिलाहरुमा हुने हृदयघात कम गर्दछ र महिलाहरुमा मात्र हुने विषेश गण्धको निर्धारण गर्दछ ।

सम्बन्धित शिर्षक :