शरिर स्वस्थ र तन्दूरुस्त राख्नूस यसरी ! – गोकर्ण प्रकास ज्ञवाली

खाना, आराम र निन्द्रालाई सन्तुलित र पर्याप्त गर्नूहोस्

हरेक व्यक्तिको चाहाना हुन्छ शरीर स्वस्थ होस्, एकदम चुस्तदुरुस्त होस् । शरिरलाई आफूले चाहेजस्तो बनाउन लागि शरीरको आकार मिलाएर राख्नुपर्छ र बिरामीहरुको जोखिमलाई कम गर्दै जानुपर्छ । शरीरको फिटनेसको लागि आफ्नो डाइट वा दैनिक गतिविधिहरुमा केही बदलाव ल्याउनुपर्छ ।

दैनिक रुपमा आफ्नो खानेकुरामा एकदमै धेरै सागपात एवं फलहरु सामेल गर्नुपर्छ । सागपात र फलहरु खाँदा हामीहरुलाई कैयौं प्रकारका रोगहरुले आक्रमण गर्न सक्दैनन् । स्वस्थ एवं फिट शरीरको लागि निम्न कुराहरु बिर्सनु हुँदैन ।

आहारमा ध्यान दिनूस ः

विहान र वेलुका घरमा हुँदा खाने खाना वाहेक घरवाहिर रहँदाको खानामा समय, परिस्थिति र अवस्थाले परिवर्तन ल्याउनसक्छ । खाना खाना छनौटको समय नहुनसक्छ, खाना आफ्नो स्वास्थ्य प्रतिकुल पनि नहुनसक्छ ।
आहारमा ध्यान दिनू भनेको अब ति समय र परिस्थितिसंग भिड्न सक्नू हो । यसको लागी तपाईले खानालाई एउटा महत्वपूर्ण औषधीको क्याप्सूल बनाउनूस, जसले खानाखाने समय करिव प्राय बनाउँछ । अब परिस्थितिले तपाईलाई खानाको परिकार स्वास्थ्य प्रतिकुल नहुने हुनसक्छ, पहिले त्यस्को विकल्पको खोजी गर्नूस, धेरै लामो समय नअलमलीनूस्, संभव छैन थोरै लिनूस । खाना समय समयमा थोरै थोरै नै लिनू राम्रो हो ।
-तपाई कैले धेरै भोकै नरहनूस र पेट भरिहुने गरी पनि कहिले नखानुहोस् ।
-खानामा मैदाको परिकार कम मात्रामा प्रयोग गर्नूहोस् ।
-धेरै चिल्लो, तारेको भुटेको चिज एकैपटक धेरै नखानूहोस् । प्राय माछामासुमा यो मिश्रण बढिनै हुन्छ, सन्तुलित रुपमा खानूहोस् । आफ्नो स्वास्थ्यको अवस्था हेरेर खानेगर्नूहोस् । बढि बोसोदार खाना विल्कूल नखानूहोस् ।
– धेरै तातो र धेरै चिसो खानेकुरा, पेय पदार्थ कैले नलिनूस् ।

खानामा ताजा फल, सागपात एवं सन्तुलित डाइट भएको खाना खानुहोस् । एक स्वस्थ सन्तुलित आहारले हामीलाई फिट राख्नको लागि मद्दत गर्दछ । आफ्नो डाइटमा प्रोटिनलाई समेत सामेल गर्नुहोस् । प्रोटिन शाकाहारी र मांसाहारी दुवै खानामा पनि पाइन्छ । जसको लागि मांसाहारीहरुले कुखुरा, माछा आदि खान सक्छन् भने शाकाहारीहरुले दूध, केरा खानुहोस् ।

यसका अलावा दैनिक गतिविधिहरुलाई पूरा गर्नको लागि पनि हाम्रो शरीरलाई सही मात्रामा ऊर्जाको जरुरत पर्दछ । शरीरलाई ऊर्जा दिनका लागि कार्बोहाइड्रेडयुक्त आहार खानुपर्छ । शरीरमा कार्बोहाइड्रेडको कमीबाट शरीर सुस्त हुन पुग्छ भने यसले कमजोरी पनि महसुस हुन थाल्छ । त्यसैले आफ्नो डाइटमा कार्बोहाइड्रेड पनि सामेल गराउनुपर्छ । फिट रहनको लागि बोसोयुक्त आहार खानु हुँदैन । सन्तुलित खाना खाने र व्यायाम गर्नाले हाम्रो शरीर सन्तुलित हुने गर्दछ । जसबाट हामीमा आत्मविश्वास बढाउने काममा पनि मद्दत मिल्छ ।

मर्निङ वा, व्यायाम सन्तुलित गर्नूहोस् ः

फिट रहनको लागि सन्तुलित आहार मात्रै होइन । व्यायाम पनि उत्तिकै महत्वपूर्ण छ । सन्तुलित आहारपछि दैनिक व्यायाम, जस्तै- दौडने वा अन्य किसिमका शारीरिक कसरतले हाम्रो शरीरमा ऊर्जा प्राप्त हुन्छ । हप्तामा केही दिनमात्रै यस्ता व्यायाम गर्दा पनि धेरै फाइदा हुन्छ । कार्डियो एक्सरसाइजले मुटुलाई मजबुत बनाउन मद्दत गर्दछ । स्ट्रेन्थ ट्रेनिङले मांसपेशीहरुलाई मजबुत बनाउने गर्दछ र स्ट्रेचिङ एक्सरसाइजले शरीरको लचिलोपनामा सुधार गर्न मद्दत गर्दछ । रक्त परिसञ्चरणको लागि पनि नियमित व्यायाम आवश्यक हुन्छ । यसले तनाव कम गर्न पनि मद्दत गर्दछ ।
मर्निङ वाक र व्यायाम सन्तुलित ढंगले गर्नूहोस् । शरिरलाई भार पर्ने गरी जवर्जस्ति व्यायाम र हिडाई नगर्नूहोस् । यसोगर्दा शरिरलाई थप उर्जा आवश्यकता पर्छ । जसले भोक जगाउँछ । भोकसंगै खानाको मात्रा बढ्नसक्छ । यस्तो खानाले फेरी आलस्य र शरिरमा अस्वस्थता जगाउन सक्छ ।

पर्याप्त निद्रा

शरिर तन्दूरुस्त रहनको लागि सन्तुलित खाना, सन्तुलित व्यायामका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । यदि निद्रा पुगेन भने मेटाबोलिज्म, मूड, एकाग्रता, याददाश्त, स्ट्रेस, हार्मोन, रोग प्रतिरोधक क्षमता र हृदयमा असर पर्दछ । पर्याप्त निद्राले नै हाम्रो मस्तिस्कलाई आराम दिन्छ र शरीरलाई पनि फिट राख्न मद्दत गर्दछ । त्यसैले दैनिक ७-८ घण्टा अनिवार्य निद्रा पूरा गर्ने गर्नुपर्छ ।

दैनिकरुपमा अरु यी कुरामा ध्यानदिनूस…

– हरेक दिन बिहान खाजाको रुपमा अनिवार्य पौष्टिक आहार सामेल गर्ने

– दिनभरीमा जतिसकिन्छ धेरै पानी पिउने

– शरीर फिट राख्नको लागि तनावलाई हटाउने

– आफूले नियमित खाने खानामा शुद्ध तेल प्रयोग गर्ने

– नियमित रुपमा खेलकूदमा सहभागी हुने

– विहानमा उठेपछि कम्तिमा ५० पाईला वाहिर खुल्ला ठाऊँमा हिडडुल गर्ने
– हरेक दिन आफ्नो दैनिक रुटिन याद गर्ने, आफ्नो खाना र आरामको योजना तय गर्ने र त्यसको लागी आफूलाई तयार बनाउने ।
– ‘आफ्नो स्वास्थ्य छ र सबै चिज छ’ यो कुरालाई सधै प्राथमिकतामा राख्ने, खाने, आराम गर्ने र सुत्ने समयमा लापरवाही र हेलचेक्रयाई नगर्ने, वस तपाईलाई आफूले चाहेजस्तो स्वस्थ र तन्दूरुस्त पाउन सक्नूहुन्छ ।

सम्बन्धित शिर्षक :