कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउनको अवधि थप

स्वास्थ्यसमाचार /सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातिसम्म गर्ने भएको छ ।आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी लकडाउनको अवधि ८ दिन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचनाप्रविधि मन्त्री युवराज खतिवडा बताए । सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। यस्तै बैठकले ज्यालादारी मजदुरी गर्ने निम्न आए भएका नागरिकका लागि राहतको प्याकेज पनि पारित गरेको छ। कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय…

कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थानको २ लाखसहयोग

स्वास्थ्यसमाचार /जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले कोरोना कोषमा २ लाख सहयोग गर्ने भएको छ । अध्यक्ष ज्ञानु पौडेल सहकारीले तिलोत्तमा, सिद्धार्थनगर, सियारी र ओसतिया गाउँपालिकालाई ५० हजारका दरले सहयोग वताईन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको सक्रमणबाट बच्न र बचाउनका लागि ति स्थानीय तहले संचालन गरेको कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थान साकोषको तर्फबाट सहयोग गरेको सहकारीका अध्यक्ष ज्ञानु पौडेल बताएन ।  

प्रदेश ५मा आजसम्मको कोरोनाको अबस्था

स्वास्थ्यसमाचार /प्रदेश नं ५ मा कोरोना भाईरसका अवस्था हेल्प डेक्स स्कीन गरिएका बिरामी आईसोलेसन बेड र संकास्पद बिरामीको स्वाव परिक्षण सवन्धी स्वास्थ्य निर्देशनालयले एक बिज्ञप्ती जारी गरेको छ। स्वास्थ्य निर्देशनालयद्धारा जारी बिज्ञप्तीमा ४० हेल्प डेक्स १ लाख ९९ हजार १ सय ३१ जनाको स्किन टेष्ट आईसोलेसन बेड १९ प्रादेशिक अस्पताल सहित कुल १ सय १० कोरोना संकास्पद ५५ सेम्पल टेष्ट ३६ मध्ये १७ नेगेटीभ १९ प्रकृयामा रहेको स्वास्थ्य निर्देशनालयद्धारा जनाईएको छ ।

‘लकडाउन’को समयमा घरमै बसेर चिकित्सकसँग परामर्श लिने एप

स्वास्थ्यसमाचार/ विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ । हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरि विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी दिए । सन् २०१६ मा सुरु भएको एपले हाल अनलाईन परामर्श सेवा, अस्पतालमा टिकट बुकिंग गर्ने लगायत थुप्रै स्वास्थ्य सेवा सहजीकरणको सेवा दिइरहेको छ । एण्ड्रोइड र आइओएस प्लेस्टोरमा उपलब्ध एप्लिकेशनमा परामर्शका लागि सयौं…

भैरहवामा प्रदेशस्तरीय कोरोना ल्याब परीक्षण केन्द्र बनाईने

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा प्रदेशस्तरीय कोरोना ल्याब परीक्षण केन्द्र स्थापना गर्न लागेको छ । भैरहवाको अंचलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा यो प्रयोगशाला बनाइने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । अहिलेसम्म प्रदेश ५ का सबै नमुना संकलन गरी काठमाडौं पठाउनुपरेको अवस्थामा कोरोनाका लक्षण मेल खाने विरामीको परीक्षण यही ल्याबमा गरिने मन्त्री बरालले बताए । पिसीआर मेसिन र त्यसको रिएजेन्ट उपलब्ध भएमा केही दिनभित्र तयार हुनेगरी काम भइरहेको तथा उपकरण मेसिन र प्राविधिकहरुको तयारी प्रदेश लागेको उनले । यसका लागि केही सामग्री आइसकेको र कमी भएका सामग्री ल्याउने तयारीमा लागेका…

क्रिमसनमा मोबाईलबाटैं स्वास्थ्य परामर्श लिने ब्यबस्था

स्वास्थ्यसमाचार /क्रिमसन अस्पतालले लकडाउनको अवस्थामा बिरामीको सहजताका लागि मोबाईलबाटै चिकित्सकीय परामर्शको व्यवस्था मिलाएको छ । कोरोना संक्रमणको जोखिम अस्पतालमा क्षेत्रमा सबैभन्दा बढी रहने भएकोले सामान्य बिरामी अस्पतालसम्म आउन नपरोस् भन्ने उद्देश्यले अस्पतालले चौबिसैं घण्टा परामर्श दिनेगरी मोबाईल सेवा उपलब्ध गराएको हो । आफ्नो स्वास्थ्य समस्याको बारेमा जोकोहीले ९८५७०४२१९४ मा फोन गरी परामर्श लिनसक्ने अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले बताए । उनका अनुसार अनुसार यो मोबाईलमा सम्पर्क गर्दा आकश्मिक विभागमा कार्यरत चिकित्सकले परामर्श दिनेछन् । अस्पतालमा धेरै जनाको भीडभाड नहोस् भन्ने उद्देश्यले यो व्यवस्था मिलाइएको बस्यालले बताए ।

कोरोना प्रभाब: घरभित्रै रहन बुटवल उपमहानगरपालिकाको आग्रह

स्वास्थ्यसमाचार /विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाईरसबाट बच्न बुटवल उपमहानगरपालिकाले सजगता अपनाउन नगरवासीलाई आग्रह गरेको छ । उपमहानगरपालिकाले स्थानियलाई अत्यावश्यक काम बाहेक सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरेको हो ।उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरवासीलाई समयमै संयमता अपनाई उच्च मनोबलका साथ कोरोनासँग लड्नुपर्ने बताए । ‘उपमहानगरपालिकाले घरमै बस्न, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र स्वनियममा रहन सार्वजनिक अपिल गरेको हो ।उपमहानगरपालिकाले कोरोना संक्रमणलाई भयावह हुन नदिन बुटवलमा रहेको धागो कारखानाको खाली भूभागमा आईशोलेशन कक्षसमेत निर्माण गरेको छ । यस्तै सोमबार नगरका सबै वडामा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै माइकिङसमेत गरेको छ ।

कोरोना त्रास :रुपन्देहीका अधिकासं साप्ताहिक हाटबजार बन्द

स्वास्थ्यसमाचार/ विश्वका विभिन्न देशमा तीव्ररुपमा फैलिरहेको कोरोना कोभिड– १९ भाइरसको सर्तकता अपनाउनका लागी रुपन्देहीका हाटबजारहरु बन्द गरिएको छ ।   स्थानीय तहहरुले छुट्टाछुट्टै सूचना जारी गरी हाटबजार बन्द गर्ने निर्णय गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन केन्द्र, प्रदेश तथा स्थानीय सरकारले धेरै भिडभाड हुने सबै प्रकारका कार्यक्रम नगर्न आह्वान गरेलगत्तै रुपन्देहीका स्थानीय तहले यस्तो निर्णय गरे । जिल्लाको तिलोत्तमा नगरपालिकाले दुई दिन अगाडि आफ्नो क्षेत्रमा लाग्ने सबै हाटबजार बन्द गरेको थियो भने बिहीबार बुटवल उपमहानगरपालिका सैनामैना नगरपालिका सुद्धोधन गाउँपालिका लगायतले पनि हाटबजार बन्द गर्ने निर्णय गरेका छन । बुटवल…

तिलोत्तमाका सार्वजनिक ठाउमा सुर्तीजन्य पदार्थ सेवन निषेध

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले सुर्ती, गुड्खा, चुरोटको सेवनलाई सार्वजनिक स्थलमा निषेध गरेको छ । सार्वजनिक स्थल, सडक, चोकमा गुड्खा र सुर्तीका खोल फाल्ने क्रम नरोकिएपछि नगरपालिका यसका प्रयोगकर्ताहरुप्रति कडा रुपमा प्रस्तुत भएको हो । नगरपालिकको पछिल्लो कार्यपालिका बैठकले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थलाई निषेध गर्दै कसैले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थ सेवन गरेमा कारवाही गर्ने निर्णय गरेको छ । नगरपालिकाले कारवाहीको अधिकार टोल विकास संस्था समेतलाई प्रत्यायोजन गरेको छ । अधिकार प्रत्योजनसँगै सार्वजनिक स्थलमा धूममान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्नेलाई टोल विकास संस्थाले जरिवाना तिराउन सक्नेछन् । नगरपालिकाको कार्यविधिमा…

प्रदेश ५मा १४ जनामा डेंगु फेला रुपन्देहीमा ११ जना

स्वास्थ्यसमाचार /मौसम परिवर्तनसँगै नेपालमा डेंगु रोगका बिरामी देखिएका छन। इयर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनल साइट कायम भएका अस्पतालले ३६ जना डेंगुका बिरामी देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ। प्रदेशका अस्पतालहरुबाट २०२० जनबरी देखी मार्च १३ सम्म ३६ वटा डेंगुका बिरामी देखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार प्रदेश दुई र कर्णाली प्रदेशमा डेंगुको लक्षण भएका बिरामी देखिएका छैनन्। प्रदेश ५ मा १४ डेंगुका बिरामी देखिएको छ यो मध्ये रुपन्देही जिल्लामा मात्रै ११ बिरामी देखिएका तथ्याकमा उल्लेख गरिएको छ ।