सीमित जनशक्तिका बिच सेवामा सुधार गर्दै भिम अस्पताल

स्वास्थ्यसमाचार/ भिम अस्पताल भैरहवामा सिकलसेलका बिरामीहरुलाई लक्षित गर्दै परिक्षण सेवा सुरु भएको छ । यस अघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मात्र रहेको यो सेवालाई भिम अस्पतालले पनि निशुल्क रुपमा सुरु गरेको छ । बिशेष गरि थारु समुदायमा हुने यो रोगको परिक्षण भैरहवामै सुरु भए पछि भैरहवा तथा यस आसपास बसोबास गर्ने विपन्न थारु समुदायको रोग निदानमा राहत हुने छ। अस्पतालका मेसु डा शकुन्तला गुप्ताका अनुसार भिम अस्पतालमै अहिले अत्याधुनिक सिटी स्क्यान मेशीन आई पुगेको छ । केही दिनमै जडान हुने तयारीमा रहेको यो सेवाले पनि अस्पतालको सेवामा सुरु हुने बताईन।…

लुम्विनीमा कोरोनाको निशुल्क उपचार, लुम्विनी र भेरी अस्पताल तोकिए

स्वास्थ्यसमाचार / सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि लुम्बिनी प्रदेशका २ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको निःशुल्क उपचार हुनेमा लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पताल तोकिएका छन् । संक्रमितको उपचारबापत यी अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा अनुदान दिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । कोभिडका बिरामीको निशुल्क उपचार गर्नेछ ।   केही दिनयता नेपालमा दैनिक १४ प्रतिशतभन्दा बढीका दरले कोरोना संक्रमण बढेपछि सरकारले निःशुल्क उपचारका लागि…

कोरोना संक्रमण बढेसँगै संसदमा मास्क अनिवार्य

काठमाडौं । दिनप्रतिदिन कोरोनाको बढ्दो संक्रमणले सबैतिर चिन्ता प्रकट हुन थालेको छ । आमसर्वसाधारण मात्र नभई संसद्मा पनि यो चिन्ता प्रकट हुन थालेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख सापकोटाले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभएको हो । बैठकमा सभामुखले भन्नुभयो, ‘कोभिड-१९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरूलाई विदितै छ । तसर्थ संसद्का बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु ।’ यसअघिका कोरोना लहरहरूमा…

लुम्बिनी प्रदेशमा १३ प्रतिशत आमा अस्पताल नदेखि घरमै सुत्केरी

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा स्वाथ्य क्षेत्रमा पहुँच विस्तार भएको दावि गरिएपनि अझै १३ प्रतिशत भन्दा बढि महिलाले घरमै बच्चा जन्माउने गरेको पाइएको छ । प्रदेशका केही पालिकाहरुले ‘घरमा सुत्केरी शुन्य पालिका’ अर्थात सुत्केरी हुँदा अनिवार्य रुपमा स्वाथ्य केन्द्र, चौकी वा अस्पतालमा गराउने गरी घोषणा गरेको भए पनि सरकारी तथ्यांकबाट नै अझै महिलाहरु स्वाथ्य चौकीको पहुँच सम्म पुग्न नसकेको प्रष्ट भएको हो । लुम्बिनी प्रदेशको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/०७९ मा दक्ष प्रसुतीकर्मीबाट सुत्केरी भएका महिलाहरुको संख्या जम्मा ८७ प्रतिशत रहेको छ ।आर्थात १३ प्रतिशत महिलाहरु अझै दक्ष…

नेपालमा संक्रमितको संख्या बढ्यो, कोरोनाबाट १ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।पछिल्लो २४ घण्टामा ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४६ सय ५१ जनाको परीक्षणमा ३८६ पीसीआर र ७१ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, आज ४८ जना कोरोनामुक्त भएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ रहेको छ।देशभर सक्रिय संक्रमितको संख्या १७ सय ७६ रहेको मन्त्रालयले जनाएको छ ।

थप १०२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ६०५

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ५३९ पीसीआर र १ हजार ७६ जनाको एन्टीजेन परीक्षणका क्रममा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा ३१ जना संक्रमित निको भएका छन्। देशभर हाल ६०५ जना सक्रिय संक्रमित छन्।

स्वास्थ्यमन्त्रालयद्धारा पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।मन्त्रालयको स्वास्थ्य आपत‍्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौती थपिन गई हैजालगायत सङ्क्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न देशभरका सबै अस्पताललाई निर्देशन दिएका छन् । अहिलेसम्म काठमाडौं उपत्यकामा हैजाका १७ बिरामी भेटिएका छन् । विपद् तथा महामारीलगायत प्रतिकार्यका लागि तयार एवं सतर्क रहन, स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकताअनुसार शय्याको व्यवस्थापन गर्न तथा औषधि उपकरणको तयारी गर्न सबै अस्पताललाई उनले निर्देशन…

लुम्बिनी प्रदेश भित्र चल्ने १२० एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र चल्ने १२० वटा एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान गरिदिएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले आकस्मिक विरामीलाई समयमै एम्बुलेन्स उपलब्ध गराउन एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान गरिएको मन्त्री ईन्द्रजित थारुले वताए। मन्त्रालयले बिहिबार बुटवलमा मन्त्रालयको वार्षिक प्रगति जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थारुले एम्बुलेन्स ट्रयाकिङका लागि ‘एम्बुलेन्स नेपाल’ नामको मोवाईल एप र निःशुल्क फोन कल मार्फत एम्बुलेन्स सेवा प्रदान गर्न १०२ नम्बरको फोन सहितको प्रादेशिक प्रेशण केन्द्र स्थापना गरिएको वताए। स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले दिएको वार्षिक प्रगति विवरण अनुसार…

कोभिड महामारी परिवर्तन भइरहेको छ समाप्त भएको छैनः डब्लूएचओ

स्वास्थ्यसमाचार/  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लेकोभिड-१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड-१९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने ।

बुटबल उपमहानगरको नीति तथा कार्यक्रममा स्वास्थ्यका यी विषय समेटिए (पूर्णपाठ)

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार रुपन्देही ८ असार बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । निति कार्यक्रममा आधारभुत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको नगर अस्पताल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरी प्रक्रिया अघि बढाउने नगरप्रमुख पाण्डेले वताए। आयुर्वेद अस्पताल स्थापना, ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच, मधुमेह, उच्च रक्तचाप, नियमित सेवनका औषधिहरु वितरण, चौमासिक परामर्शका लागि जनतासँग प्रमुख कार्यक्रम, नवजात शिशु,…