नेपालमा थप ६६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ४४४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।

सम्बन्धित शिर्षक :