एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन

स्वास्थ्यसमाचार/सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो। मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डअनुसार एकरूपता नआएको भन्ने जनगुनासो आइरहेकाले प्रादेशिक र जिल्लास्तरमा रहेका एम्बुलेन्स व्यवस्थापन समितिलाई मापदण्डको पालना गर्न निर्देशन दिएको जानकारी दिए। मन्त्रालयले मापदण्ड पूरा गरेको अवस्थामा मात्र एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्न निर्देशन दिएको छ। निर्देशिकामा एम्बुलेन्सले राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य पालना गरेको, एम्बुलेन्सको पहिचान हुने…

गुल्मीमा करिब डेढ वर्षसम्म सेवा बन्द भएको एम्बुलेन्स सञ्चालनमा

स्वास्थ्यसमाचार /गुल्मीमा करिब डेढ वर्षसम्म सेवा बन्द भएको एम्बुलेन्स सञ्चालनमा आएको छ । यस जिल्लाको मुसिकोट नगरपालिका – ९ अर्लाङ्कोटमा अर्लाङ्कोट सेवा समाज जापानको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको डेढ बर्षपछि पुन: सञ्चालनमा आएको हो । करिब डेढ बर्षसम्म सेवा बन्द गरिएको एम्बुलेन्सलाई सञ्चालन गर्नका लागि नयाँ समिति गठन गरिएको छ । समितिको निर्णय अनुसार एम्बुलेन्स मर्मत गरि सञ्चालन गरिएको अध्यक्ष रामकृष्ण कंडेलले बताउनुभयो । तत्काल एम्बुलेन्स चालक नहुँदा नियुक्ति प्रक्रिया अगाडी बढाउने भन्दै कुशल चालकको रुपमा अर्लाङ्कोटका स्थानीयलाई ग्राहयता दिइने उहाँले बताउनुभयो ।चालक नियुक्ति नहुँदासम्म समितिका हरिप्रसाद खरेललाई एम्बुलेन्स…

नौ वर्षदेखि थन्कियो राप्ती प्रादेशिक अस्पतालको एम्बुलेन्स

स्वास्थ्यसमाचार/दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल नौ वर्षदेखि एम्बुलेन्सविहीन छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि उक्त अस्पतालमा ०७२ देखि एम्बुलेन्स छैन । अस्पतालमा एम्बुलेन्स नभएकाले बिरामी ल्याउन तथा रेफर गरिएका बिरामीलाई विभिन्न अस्पतालमा पठाउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । अस्पतालको एम्बुलेन्स नहुँदा बिरामीका परिवार निजी एम्बुलेन्समा महँगो शुल्क तिर्न बाध्य हुँदै आएका छन् । अर्कोतर्फ आवश्यक परेका वेला एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको छ । अस्पतालको रा १झ ११३ नम्बरको एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा पदमराज अधिकारीले बताए । पटक–पटक बिग्रिने र बनाउँदा…

लुम्बिनीमा गर्भवतीलाई एम्बुलेन्स सेवा नि :शुल्क

स्वास्थ्यसमाचार/रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका एम्बुलेन्सलाई सुचारु गरिएको छ । आम नगरबासीको स्वास्थ्य सेवालाई मध्येनजर गर्दै नगरका नगरप्रमुख सजरुद्धिन मुसलमानले थप ३ वटा एम्बुलेन्स ३ वटा स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दै सुचारु गर्न निर्देशन दिएका छन । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३मा रहेको लुम्बिनी स्वास्थ्य केन्द्र,वडा न.९मा रहेको खुदावगर स्वास्थ्य चौकी,वडा न.११मा रहेको मसिना स्वास्थ्य चौकीलाई मंगलबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर सजरुदिन मुसलमानले जनतामा स्वास्थ्य सेवाको पहँच बढाउन मानवीय सेवाको कार्य भएको बताएका छन् ।…

रोटरीले रेडक्रसलाई हस्तान्तरण गर्यो रगत संकलन गर्ने एम्बुलेन्स

स्वास्थ्यसमाचार/रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने अवस्था छ । रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोवाइल एम्बुलेन्स’ ल्याइएको छ । रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ । रोटरी क्लव अफ बुटवलले ल्याएको यो रक्त संकलन एम्बुलेन्स शुक्रबार नेपाल रेडक्रश सोसाईटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । यो एम्बुलेन्स खरीदका लागि रेडक्रसले पनि साझेदारी गरेको छ । रोटरी क्लव अफ बुटवलको सिङ्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाखको…

लुम्बिनी प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम,के के समेटियो स्वास्थ्यका १९ बुँदामा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले आव २०८०/०८१ का लागि नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्यका १९ बुँदा परेको छ । त्यसमा “मेरो स्वास्थ्य स् मेरो जीवन” “पूर्ण सुरक्षित मातृत्व सेवायुक्त स्थानीय तह, जिल्ला तथा प्रदेश पूर्ण ज्योति प्रदेश ५० सैयाका जिल्ला अस्पतालमामा डाईलाइसिस सेवा विस्तार मुटुको भल्भ प्रत्यारोपण, मृगौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रति व्यक्ति दुई लाख रुपैयाँको सहुलियत र गरिबीको रेखामुनि रहेका नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य…

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

स्वास्थ्यसमाचार/ अर्घाखाँची अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभयो । गाउँपालिकाको यही असोज १२ गतेको निर्णयअनुसार नयाँ भाडादरसहित एम्बुलेन्स सञ्चालनमा आएको छ ।गाउँपालिकाले स्थानअनुसार रु पाँच सयदेखि रु एक हजार ५०० सम्म भाडा निर्धारण गरेको छ । पाणिनी गाउँपालिका– ५, ६, ७ र ८ देखि सन्धिखर्कसम्म रु दुई हजार, पाणिनी गाउँपालिका– १, २, ३, ४ र ५ को भर्तीपुरदेखि सन्धिखर्कसम्म रु तीन हजार, पाणिनी गाउँपालिकादेखि पाल्पासम्म रु चार हजार ५००, पाणिनी…

स्वास्थ्यमा मुख्यमन्त्री केसी नेतृत्वको सरकारका ९ बुँदे उपलब्धि सार्वजनिक

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले १ वर्षको अवधिमा गरेका प्रगति विवरण सार्वजनिक गरेको छ ।विभिन्न ५२ बुँदामा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा स्वास्थ्य क्षेत्रमा ९ बुँदेप्रगति विवरण सार्वजनिक गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकार बनेपछि एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा भएका प्रगति बारे आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्वास्थ्य क्षेत्रमा पनि महत्वपुर्ण काम गरेको बताए।                                के भए स्वास्थ्यमा काम? १लुम्बिनी प्रादेशिक अस्पताल प्रदेश गौरवका आयोजनाको रुपमा घोषणा। २ राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरणको कार्य…

रुपन्देही पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

स्वास्थ्यसमाचार /रुपन्देही जिल्ला कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा भएको छ । गृहमन्त्री वालकृष्ण खाँणले १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरे । कार्यक्रममा बोल्दै खाँणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरुको ठूलो भूमिका रहेको बताउदै उनिहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनु पर्ने बताए । स्वयमसेविकाहरु सेवानिवृत हुदा समेत उनिहरुको जिवनयापन गर्न सहज होस भन्ने उद्देश्यले निवृतिभरणको ब्यवस्था गर्न समेत सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए ।कोभिडको महामारीमा काम गरेका स्वास्थ्यकर्मि, सरसफाईकर्मि, स्वयमसेवका, सुरक्षाकर्मिहरुलाई…

विपन्नलाई उपचारमा सास्ती आर्थिक अभावले ३० वर्षीय विनोदको उपचार हुन सकेन

गुल्मी / गुल्मीको इस्मा गाउँपालिका( ५ लाम्टारीका ३० वर्षीय विनोद नेपाली गुल्मी अस्पतालको बेडमा अचेत भएर पल्टिएका छन् । अस्पतालका अनुसार ब्रेनमा रगत बगेको छ । उनी गुल्मी अस्पतालबाट थप उपचार सम्भव नभएपछि पाल्पा पुगे । जेनतेन उपचार हुने ठाउँमा त पुगे । त्यो अस्पतालमा उपचार गर्ने पैसा भएन । बिहीबार बिहानै रेफरवाल गुल्मी अस्पतालमै आए । विनोद पैसावाला परिवारका हुन्थे भने राम्रो अस्पतालमा लैजाने हेलिकोप्टर आउँथ्यो । तर, विपन्न परिवारको एउटा मजदुर ब्रेनमा रगत र आँखामा आँसु बगाएर मृत्यु कुरिरहेको छ । न परको सिंहदरबार न घरको । कसैले…