नेपालमा संक्रमितको संख्या बढ्यो, कोरोनाबाट १ जनाको मृत्यु

थप ४५७ जनामा कोरोना पुष्टि, १७७६ जना सक्रिय संक्रमित

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।पछिल्लो २४ घण्टामा ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

४६ सय ५१ जनाको परीक्षणमा ३८६ पीसीआर र ७१ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, आज ४८ जना कोरोनामुक्त भएका छन् ।

संक्रमणबाट मृत्यु हुनेको संख्या १ रहेको छ।देशभर सक्रिय संक्रमितको संख्या १७ सय ७६ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक :