लुम्बिनी प्रदेश बजेटः स्वास्थ्यलाई विशेष प्राथमिकता के–के छन स्वास्थ्य क्षेत्रका योजना ?

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ। संघीय सरकारले बजेट प्रस्तुत गरेको १५ दिनपछि लुम्बिनी प्रदेशले प्रादेशिक बजेट प्रस्तुत गरे। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार लुम्बिनी प्रदेशले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। यो अहिले प्रदेश सरकारको अन्तिम बजेट पनि हो। यही वर्ष मंसिर भित्र प्रदेश सभाको निर्वाचन भएर प्रदेशहरूमा नयाँ सरकार बन्नेछ।लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही सुधारका योजना अघि सारेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् स्वास्थ्य क्षेत्र सुधारमा लुम्बिनी सरकारले केही…

लुम्बिनी प्रदेशको २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो् । निति कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बिषेश क्षेत्रमा राखिएको छ। स्वास्थ्यमा लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चित प्रदेश, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखेर नमुना आयोजनाका रुपमा निरन्तरता दिइने, यी दुई अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी, ओपीडी र जनरल बेड निःशुल्क गरिने र बुटवलमा मेडिकल कलेज बनाइने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शय्याको अस्पताल…

बजेट : स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड विनियोजन

स्वास्थ्यसमाचार /सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ अर्ब ३९ करोड कम हो । गत आर्थिक वर्षमा स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब ७७ करोड रहेको थियो । पछि, कोभिड खोपका लागि छुट्टै बजेट २५ अर्ब बजेट थप गरेर १ खर्ब ४७ अर्ब पु¥याइएको थियो । स्वास्थ्यमा बजेट घटाएर सार्वजनिक गरेको सरकारले…

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका १६महत्वपूर्ण कार्यक्रम

स्वास्थ्यसमाचार /सरकारको नीति तथा कार्यक्रमम स्वास्थ्यका महत्सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या क्षेत्रसँग सम्बन्धि विभिन्न महत्वपूर्ण कार्यक्रमहरु समेटिएका छन् । १. जेष्ठ नागरिकको बढ्दो जनसंख्यालाई मध्यनजर गरी विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ । २. रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना, स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन बोर्डको स्थापना र स्वास्थ्य विज्ञान प्रतिष्ठान…

सैनामैनामा ७ लक्षित समुहलाई उपचारगर्न जिल्लाभर निःशुल्क एम्बुलेन्स सेवा

स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निणर्य गर्दे पदभार ग्रहण गरेका छन। आज सोमबार पदभार गह्रण गर्दे उनले सैनामैनानगरपालिका भित्र बसोबास गर्ने अपाङ, दलित, गरिब, जेष्ठ नागरिक, विपन्न तथा सुत्केरी महिलाको लागि जिल्लाभर लागु हुने गरि, सैनामैना नगरपालिकाको खर्चमा ३निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो निणर्य गरेका छन। निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सैनामैना नगरपालिका अध्यक्ष मा नेपाली कांग्रेस उम्मेदवार फणेन्द्र प्रसाद शर्मा १५,६८६ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार चित्रबहादुर…

शुद्धोधन पहिलो निर्णय : गरिव विपन्नलाई अस्पताल आउन जान एम्बुलेन्स निःशुल्क

स्वास्थ्यसमाचार/ शुद्धोधन गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिस्नु प्रसाद बस्यालले गरिब बिपन्न बिरामीकोहरुको लागीे अस्पताल सम्म आउन एम्बुलेन्स निशुल्क गर्ने निर्णय गरेका छन। सोमबार गाउँपालिकामा पदभार ग्रहण गर्दै बस्यालले शुद्धोधन गाउँपालिका भित्र बसोबास गर्ने गरिब बिपन्न बिरामीकोहरुको लागीे अस्पताल सम्म आउन एम्बुलेन्स निशुल्क गर्ने निर्णय गरेका हुन् । अध्यक्ष बस्यालले गाउँपालिकामा सर्वसाधारण जनताको सहजताको लागि हेल्प डेस्क राख्ने गाउँपालिका भित्र अति आबश्यक र आबश्यक कामहरुलाई प्राथामिकताका साथ गर्ने र शिक्षा स्वास्थ्य खानेपानी कृषि लगाएका कामलाई प्राथामिकतामा राखेर काम गर्ने बताएका छन।