बुटबल उपमहानगरमा नियमित खोपमा टाइफाईड खोप शुभारम्भ

स्वास्थ्यसमाचार/ बुटबलमा टाइफाइडको खोप नियमित भएको छ।आज एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नियमित खोप शुभारम्भ गरेका हुन। नगर प्रमुख पाण्डेले स्वास्थ्यकर्मीहरूलाई खोपको बक्स हस्तान्तरण गरेर कार्यक्रम सुभारम्भ गरेका थिए ।वडा नं ७ दिपनगर स्थित शहरी स्वास्थ्य केन्द्रमा टाइफाइड खोपको सुभारम्भ गर्दै नगर प्रमुख पाण्डेले शहरी स्वास्थ केन्द्रलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन जरुरी रहेको भन्दै त्यसका लागि सरोकारवालाहरूसँग परामर्श गरेर अगाडि बढ्ने बताएका छन् । पाण्डेयले बुटवलमा शहरी स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाइने बताएका छन् । सुभारम्भ कार्यक्रममा वोल्दै प्रमुख पान्डेयले बुटवलमा नगर…

सैनामैनामा ७ लक्षित समुहलाई उपचारगर्न जिल्लाभर निःशुल्क एम्बुलेन्स सेवा

स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निणर्य गर्दे पदभार ग्रहण गरेका छन। आज सोमबार पदभार गह्रण गर्दे उनले सैनामैनानगरपालिका भित्र बसोबास गर्ने अपाङ, दलित, गरिब, जेष्ठ नागरिक, विपन्न तथा सुत्केरी महिलाको लागि जिल्लाभर लागु हुने गरि, सैनामैना नगरपालिकाको खर्चमा ३निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो निणर्य गरेका छन। निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सैनामैना नगरपालिका अध्यक्ष मा नेपाली कांग्रेस उम्मेदवार फणेन्द्र प्रसाद शर्मा १५,६८६ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार चित्रबहादुर…

सियारीका ४ निर्णय : गर्भवती महिलाका लागि फोलिक एसिड देखी वृद्धवृद्धा, अशक्त र अपांगलाई घरदैलो सेवा

स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थानेश्वर घिमिरेले चारबटा निर्णय गरेका छन। सोमबार गाउँपालिकामा पदभार ग्रहण गर्दै नवर्निचित अध्यक्ष थानेश्वर घिमिरेले पदभार ग्रहण गरेसंगै ४ निर्णय गरेका छन। १) गर्भवती महिलाका लागि फोलिक एसिड ट्याब्लेट ३ महिना सम्म निशुल्क उपलब्ध गराउने २) ७० बर्ष उमेर पुगेका वृद्धवृद्धा, अशक्त तथा अपांग नागरिकको लागि घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने ब्यवस्था गर्ने ३) रेडक्रस संग समन्वय गरि रगत आवश्यक पर्ने बिरामी हरुलाई निःशुल्क रगत उपलब्ध गराउने ४) क्यान्सर रोगबाट ग्रसित भई उपचाररत रहनु भएकाअमवा गाविसका पूर्व गाविस अध्यक्ष भवानी शंकर सापकोटालाई उपचार सहयोगका लागि ५१,०००…

शुद्धोधन पहिलो निर्णय : गरिव विपन्नलाई अस्पताल आउन जान एम्बुलेन्स निःशुल्क

स्वास्थ्यसमाचार/ शुद्धोधन गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिस्नु प्रसाद बस्यालले गरिब बिपन्न बिरामीकोहरुको लागीे अस्पताल सम्म आउन एम्बुलेन्स निशुल्क गर्ने निर्णय गरेका छन। सोमबार गाउँपालिकामा पदभार ग्रहण गर्दै बस्यालले शुद्धोधन गाउँपालिका भित्र बसोबास गर्ने गरिब बिपन्न बिरामीकोहरुको लागीे अस्पताल सम्म आउन एम्बुलेन्स निशुल्क गर्ने निर्णय गरेका हुन् । अध्यक्ष बस्यालले गाउँपालिकामा सर्वसाधारण जनताको सहजताको लागि हेल्प डेस्क राख्ने गाउँपालिका भित्र अति आबश्यक र आबश्यक कामहरुलाई प्राथामिकताका साथ गर्ने र शिक्षा स्वास्थ्य खानेपानी कृषि लगाएका कामलाई प्राथामिकतामा राखेर काम गर्ने बताएका छन।

छत्रकोट पहिलो निर्णय : श्रृङ्गा र खज्र्याङ्ग स्वास्थ्यलाई एम्बुलेन्स किन्ने

स्वास्थ्यसमाचार /गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष रामप्रसाद पाण्डेयले दुईवटा एम्बुलेन्स किन्ने निर्णय गरेका छन् । शुक्रबार गाउँपालिकामा पदभार ग्रहण गर्दै पाण्डेयले छत्रकोट गाउँपालिकाको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा र खज्र्याङ्ग स्वास्थ्य चौकीमा एम्बुलेन्स रहने गरी दुईवटा खरिद गर्ने निर्णय गरेका हुन् । त्यस्तै गाउँपालिका–६ दौघामा खानेपानी समस्या समाधानका लागि पानी तान्ने पम्प खरीद गर्ने निर्णय पनि अध्यक्ष पाण्डेयले गरेका छन् ।गाउँपालिकामा सर्वसाधारण जनताको सहजताको लागि हेल्प डेस्क राख्ने पनि उनले बताए । गाउँपालिका अध्यक्ष पाण्डेयले आफ्नो पालिका भित्र एम्बुलेन्स नभएसम्म सरकारी सुविधाको गाडी प्रयोग नगर्ने बताएका थिए ।उनले पालिकाभित्र स्वास्थ्य…

चन्द्रकोट पहिलो निर्णय :स्वास्थ्य बिमा ५०% छुट सुत्केरीलाई एम्बुलेन्स निःशुल्क

स्वास्थ्यसमाचार /गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष युवराज खत्री क्षेत्रीले दुईवटा निर्णय गरेका छन् । उनले पालिकामा बिपन्न बर्गका नागरीकको ५०% छुटमा स्वास्थ्य बिमा गराइने र प्रशुती हुने आमाहरु पालिका भित्रका स्वास्थ्य संस्था तथा प्रसुती गृहमा प्रशुती हुन नसकी अन्यत्र स्वास्थ संस्था वा अस्पतालमा जान परेमा तत्कालै एम्बुलेन्स वा यातायातको ब्यबस्था पालिकाले निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो। त्यस्तै गाउँपालिकामा सर्वसाधारण जनताको सहजताको लागि हेल्प डेस्क राख्ने लगायका निर्णय गरेको अध्यक्ष खत्रीले बताए ।  

समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर

स्वास्थ्यसमाचार/ विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ । रेटिनोब्लास्टो भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा ९रेटिना०बाट पलाउने क्यान्सर हो र यो नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखापर्छ । तिलगङ्गा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले साताभरी विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइरहेको जनाएको छ । यो रोग करिब १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिन्छ र यो रोगले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको पाँच प्रतिशत ओगटेको छ । प्रतिष्ठानले अस्पताल…

हृदयघातवाट महाराजगंज कांग्रेस उम्मेदवारको कुर्मीको निधन

स्वास्थ्यसमाचार /कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ। उनको गएराति हृदयघातका कारण निधन भएको हो। बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो। कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ।कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिइन्। स्थानीय तह निर्वाचन ऐन २०७३ मा व्यवस्था भए अनुसार उम्मेदवारको मृत्यु भए निर्वाचन स्थगित हुन्छ । मतदानको मिति सात दिनभन्दा कम भएको अवस्थामा नयाँ निर्वाचन कार्यक्रम बनाएर मतदान गर्ने व्यवस्था गरिएको छ । यदि सात दिनभन्दा अघि…

देवदह नगरपालिकामा मातृशिशु स्याहार तथा पोषण कार्यक्रम सफल

स्वास्थ्यसमाचार/  देवदह नगरपालिकाले गर्भवती, सुत्केरी र शिशुको स्वास्थ्य स्याहार तथा पोषण कार्यक्रम सफल पारेको छ ।नगरपालिकाभित्रका सबै स्वास्थ्यकेन्द्र र अस्पतालबाट सबै वडामा गर्भवती महिला, सुत्केरी तथा नवजातशिशु स्याहार तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरी कुपोषण न्यूनीकरणमा समेत पहिलो चरणको काम शतप्रतिशत सफल भएको हो । विगत केही वर्षयता आमा तथा शिशु स्वास्थ्य सेवा देवदह नगरपालिकामा प्रभावकारी भएको स्थानीयले बताए । मातृशिशु मृत्यूदर घटाउने र स्वस्थ मानव सहर बनाउने उद्देश्य रहेको नगरपालिकाको भनाइ छ । विसं २०७४ सालमा भएको निर्वाचनबाट स्थानीय सरकारका रूपमा नयाँ जनप्रतिनिधि आएपछि देवदहमा विगतमा जस्तो गर्भवतीको स्वास्थ्य परीक्षण,…

निर्वाचनमा रगत अभाव नहोस भनेर युवाहरुद्धारा रक्तदान, ६१ युनिट रगत सङ्कलन

स्वास्थ्यसमाचार/ आसन्न चुनाबलाई मध्यनजर गरि गोर्खाली युवा सशक्तीकरण सस्था र वीर गोर्खाली अभियानले संयुक्त रुपमा रक्तदान गरेका छन। आज बुटबलमा उनीहरुले ६१ युनीट रगत संकलन गरेका हुन । बिर गोर्खाली अभियान रुपन्देहीका संयोजक चिरन क्षेत्रीका अनुसार अहिलेको परिस्थिति लाई मध्यानजर गर्दै अपर्झट आइपर्ने विपत लाई केहि हद सम्म भए पनि न्यूनीकरण गर्न र रगतको अभावको कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेको बिर गोर्खाली अभियान संञ्चालन गरिएको बताए। उक्त कार्यक्रममा ६१ युनीट रगत संकलन भएको सस्थाका अध्यक्ष भरत पुरी ले बताए । समाजिक अभियान्ता ईश्वर मल्ल…