लुम्बिनीका ५ जिल्लामा ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई आजबाट फाइजर खोप

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व सरकारले आजबाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाईने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा दिन लागिएको हो।

मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइनेछ। बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ। यसअघि २७ जिल्लाका बालबालिकालाई सरकारले फाइजर खोप दिएको थियो।

सम्बन्धित शिर्षक :