लुम्बिनी प्रादेशिक अस्पताल संयुक्त ट्रेड युनियन कर्मचारीद्धारा संघीय निजामती सेवा ऐन जारी गर्न माग

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कार्यरत संयुक्त ट्रेड युनियन आवद्ध स्वास्थ्यकर्मीहरुले निजामती ऐन छिटो ल्याउनुपर्ने माग गरेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत कर्मचारीहरुले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन छिटो जारी दवाव दिने उदेस्यले कालोपट्टी बाँधेर बिरोध जनाएका हुन।

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशीक अस्पताल प्रारम्भिक कमिटीकी अध्यक्ष सिता खनालले निजामती सेवा ऐनविहीन अवस्थामा मुलुकको स्थानीय संरचना क्रियाशील रहेकाले जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने वताईन ।

नेपाल स्वास्थ्यकर्मि संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई कमिटीका अध्यक्ष भिम प्रसाद ज्ञवालीले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन छिटो जारी गर्नु पर्ने बताए।उनले सरकारले बिभिन्न बाहाना बनाएर ढिला गर्नु नहुने र कर्मचारी मैत्री हुनुपर्ने बताए। ज्ञाबलीलले भने अहिले हामी सबै कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम गरेको बताए।

निजामती कर्मचारी युनियन लुम्बिनी प्रादेशिक अस्पताल इकाई अध्यक्ष दया सागर पन्थीले निजामती सेवा ऐन आउँदा स्वास्थका कर्मचारी लगायत कसैलाई पनि अन्याय नहोस् सबैलाई राम्रो हुने गरि छिटोभन्दा छिटो निजामती कर्मचारी ऐन आउनु पर्ने बताए।

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका महासचिब नेत्रप्रसाद आर्चाय ले निजामती सेवा ऐन आउँदा कसैलाई पनि अन्याय नहोस् सबैलाई राम्रो हुने गरि छिटोभन्दा छिटो निजामती कर्मचारी ऐन आउनु पर्ने बताए।

बिरोध कार्यक्रममा अस्पताल कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मि नर्स,प्रशासन, लेखा, स्टोर लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो।बिगत केहि दिनदेखी संयुक्त ट्रेड युनियन आवद्ध कर्मचारीहरुले निजामती ऐन छिटो ल्याउनुपर्ने माग गर्दे आन्दोलन गरिरहेका छन।

सम्बन्धित शिर्षक :