कांग्रेस नेता प्रदीप गिरिको निधन आजै अन्येष्टि गरिने

स्वास्थ्यसमाचार/ नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको शनिबार राति निधन भएको हो।

भारतमा क्यान्सरको उपचार गराएर आएपछि पुनः स्वास्थ्यमा समस्या देखा परेकाले उनी अस्पताल भर्ना भएका थिए। उनमा पछिल्लोपटक गम्भीर निमोनिया पनि देखा परेको थियो। उनी पार्टीभित्र बौद्धिक छवि भएका नेताका रुपमा चिनिन्थे। उनी समाजवादी चिन्तक र गान्धीवादी नेताका रुपमा सम्मानित थिए।

२०१७ सालदेखि राजनीति सुरु गरेका गिरि २०५१ र २०७४ मा सिरहाबाट सांसद निर्वाचित भएका थिए।गिरिको अन्तिम श्रद्धाञ्जलीको समय र स्थान पनि पार्टीले तोकेको छ।

तोकिए अनुसार २०७९ साल भाद्र ५ गते, आइतबार विहान ९स्०० बजे देखि ११स्०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिनेछ।

त्यस्तै विहान ११स्३० बजे देखि २स्०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपा, ललितपुरमा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिनेछ। तत्पश्चात अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने विज्ञप्तिमा उल्लेख छ।

उक्त कार्यक्रमपछि अन्तेष्ठिका लागि पशुपति आर्यघाटमा लगिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

सम्बन्धित शिर्षक :