प्रजनन स्वास्थ्य र अधिकारमा पहुँच पुर्याउन प्रदेश सरकार प्रतिवद्ध :मन्त्री थारु

स्वास्थ्यसमाचार/ परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सबैको पहुँच पुर्याउन लुम्बिनी प्रदेश सरकारले प्रतिवद्धता व्यक्त गरेको छ । साथै स्थानीय सरकारले पनि प्रदेश सरकार सगँ सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल परिवार नियोजन संघ नेपालको आयोजना तथा जिल्ला शाखा दाङको समन्वयमा आज घोराहीमा आयोजित प्रदेश स्तरीय परिवार योजना, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि प्रदेश स्तरीय पैरवी कार्यशाला गोष्ठी समपन्न भएको छ ।

उक्त कार्यक्रममा प्रदेशका मन्त्रीदेखि स्थानीय सरकारका जनप्रतिनिधिहरुले प्रजनन स्वास्थ्य र अधिकारमा नागरिकको पहुँच पुर्याउने कुरामा जोड दिदै यसलाई सहजीकरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कशजुको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री थारुले परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सम्बन्धि चेतना सबैमा भएता पनि यस मामिलामा मान्छेले बिबेक गुमाउँदा समस्या पैदा भएको बताउँदै प्रजनन स्वास्थ्यको सवालमा नागरिक आफै पनि जिम्मेवार बन्न जरुरी रहेको बताए ।

लुम्बिनी प्रदेशका प्रजनन उमेर समहका सबै व्यक्तिहरु, विशेषगरी सिमान्तकृत र जोखिममा परेका समुदायका सबैमा गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचनाको पहुँच पर्याई विद्यमान शिशु, बाल तथा मातृ मृत्युदरलाई उल्लेख्य रुपमा घटाउन र परिवार नियोजनको आधुनिक साधनको मागलाई पूरा गर्न प्रतिवद्धता जनाउँदै परिवार नियोजन र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा लुम्बिनी प्रदेशलाई आवश्यक पर्ने बजेट विनियोजन गर्न म आवश्यक पहल गर्नेछु भन्दै प्रतिवद्धता समेत जनाए ।

लुम्बिनी प्रदेशको कुरा गर्दा गर्भ निरोधक साधनको प्रयोग नगर्नेको संख्या कम छ। असुरक्षित गर्भपतनलाई कसरी निरुत्साहित गर्ने भन्ने बिषयमा प्रदेश सरकार ले गम्भीरता पुर्बक काम गर्ने छ, उनले भने । लुम्बिनी प्रदेशका यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि नीतिहरुको तर्जुमा र परिमार्जन गरि अझ व्यवहारिक रुपमा कार्यान्वयनको सुनिश्चितता गराउने आफ्नो प्रतिवद्धता रहेको मन्त्री थारुले बताए ।

सम्बन्धित शिर्षक :