कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था जटिल भेन्टिलेटरमा उपचार हुँदै

स्वास्थ्यसमाचार/ स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। गत साउनदेखि मेडीसीटी अस्पतालमा उपचाररत छन्।

उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ। पछिल्लो समय उनको अवस्था ज्यादै नाजुक रहेको बताइएको छ।उनी बोल्न र सुन्न नसक्ने अवस्थामा छन्। उनको स्वास्थ्य अवस्थाबारे बुझ्न गएका कांग्रेसका नेताहरु निराश भएर फर्किएका छन्। शुक्रबार कांग्रेस नेता विमलेन्द्र निधि र रामहरि खतिवडा उनलाई भेट्न अस्पताल पुगेका थिए।

तर, त्यहाँ गरिको जटिल अवस्था देखेपछि निराश भएर फर्किएका छन्। भेटपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता निधिले गिरिको अवस्था लेखेर आफू स्तब्ध भएको बताएका छन्। उनले आफूले भेटपछि गरिका सामुन्ने निरिह भएको महसुस गरेको बताएका छन्।

उनले लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गांधीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु। स्तब्ध र निरिह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु( सबैले प्रार्थना गरौं१११’

यस्तै अर्का नेता रामहरि खतिवडाले गरिको अवस्था नाजुक रहेको बताएका छन्। भेटपछि उनी बोल्न नसक्ने अवस्थामा रहेको खतिवडाले बताएका छन्। आफूले बोलाउन प्रयास गरे पनि गरिले बोल्ने प्रयाससमेत नगरेको उनले ट्वीटरमा लेखेका छन्।

गिरिसँगको भेटपछि नेता खतिवडाले लेखेका छन्, ‘आज पनि म कृष्ण प्रसाद भट्टराई जस्तै सम्मान गर्ने नेता प्रदीप गिरि भेट्न अस्पतालमा पुगे। बोलाउन खोजे ,बोल्ने प्रयास गर्नु भएन। भगवानसँग अनुरोध गरियो, छिटोभन्दा छिटो स्वस्थ्य भएको देख्न पाउँ।’

गिरिलाई बिहीबारदेखि आइसियुबाट भेन्टिलेटरमा सारेर उपचार भइरहेको छ। एक महिनाअघि भारतको मुम्बईस्थित एक अस्पतालमा लामो समयसम्म क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरि लगत्तै मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।

सम्बन्धित शिर्षक :