तिलोत्तमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण

स्वास्थ्यसमाचार/तिलोत्तमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ। तिलोत्तमामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, उदेश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।

नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्ष नगरपालिका भित्रका स्वास्थ्यकर्मि सरोकारवाहरु लाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले बताए।

उनले आईतबारदेखी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइने बताए। तिलोत्तमाका वडा नं १,२,३,४,६ र ७मा जोखीम क्षेत्र भएकाले आईतबार वडा जनप्रतिनिधि स्वास्थ्यकर्मी टोलबिकास समिति आमासमुह लगायतको सहभागीमा लार्भा नष्ट गर्ने अभियान चलाइने वताए।

कार्यक्रममा डा कृष्ण खरालले डेंगु रोगको वारेमा अभिमुखीकरण गरेका थिए।उनले डेंगु रोगको ईतिहास अहिलेको अबस्था र बच्ने उपायका बारे जानकारी गराए।

तिलोत्तमा नगरपालिकाको आयोजना, फेयरमेड फाउण्डेशन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र को सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले सहजीकरण गरेका थिए।

कार्यक्रममा वोल्दै तिलोत्तमा नगरपालिका नगरप्रमुख रामकृण्ण खाँडले डेंगुको संक्रमण बढ्दै गएकाले सावधानी र सचेतना अपनाउन आग्रह गर्दे संभाबित क्षेत्रमा अभियान चलाईने बताए। उहाले जोखीम क्षेत्रहरु पहिचाहन गरि आईतबारवाट नै खोज र नष्ट र सचेतना अभियान चलाईने बताए।

 

रुपन्देहीमा डेंगु २०६७ फैलिएको र अहिले सम्म ९ जनाको मृत्यु

२०६७ सालमा नेपालमा डेंगुको महामारी फैलिएको थियो त्यस बेला रूपन्देहीमा पनि ४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीको तथ्यांकमा उल्लेख छ।त्यसपछि रूपन्देहीमा प्रत्येक वर्ष साउनदेखि असोजसम्म डेंगुका बिरामी देखिन थालेको स्वास्थ्य कार्यलय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले वताए।

उनका अनुसार २०६७/६८ मा २९०, २०६८/६९ मा ५ जना २०६९/७० मा २५ जना २०७०/७१ मा १२ जना २०७२/७३ मा ९ जना २०७३/७४ मा ७ जना २०७३/७४ मा १६१ जनामा २ जनाको मृत्यु, २०७४/७५ मा १०३१ मध्ये २ जनाको मृत्यु, २०७६/७७ मा ६८ जना, २०७७/७८ मा २९३० मध्ये ३ जनाको मृत्यु, २०७८ मा ४६ जना र २०७८/७९को साउनमा मात्रै २६९ जना बिरामी फेला परेका छन ।

डेंगुबाट कसरी बच्ने ?
डेंगु ‘एडिस एजिप्टाई’ जातको लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य रोग हो। यो जुन सुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्न सक्छ। खासगरी कामकोे शिलशिलामा घरबाट धेरै बाहिर निस्कनेमा र बालबच्चामा यसको सम्भावना अलि बढी हुन्छ। बालबच्चाहरूमा विशेष गरी खेल्नका लागि बाहिर जाँदा सर्न सक्छ। यो लामखुट्टेले विशेष गरी विहान र साँझ धेरै टोक्छ। अन्य समयमा नटोक्ने भन्ने चाहिँ हुँदैन्।

खासगरी डेंगु हुँदा ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरीरमा रातोरातो बिमिरा देखा पर्ने गर्छ। साथै टाउको फुट्ला जस्तै गरी दुख्छ र ज्वरो नियन्त्रण नै हुँदैन्। सिटामोलको खाँदा पनि ५ दिनसम्म कन्ट्रोल हुँदैन्।

सामान्यतया डेंगु ज्वरो निको हुनका लागि ५ दिनदेखि ७ दिनसम्म लाग्छ। भाइरल ज्वरो ३ दिन मै निको हुन्छ। डेंगुको ज्वरो एकदमै कडा खालको ज्वरो हुन्छ। १०३/१०४ डिग्रीसम्म ज्वरो आउँछ। भाइरल ज्वरोमा सामान्य ज्वरो आउने र रूघाखोकी लाग्ने गर्छ। सिटामोल खाँदा पनि ज्वरो नियन्त्रण भएन र प्लेटलेसको संख्या १ लाखभन्दा कम र क्रमशः घट्दै आएको अवस्था, शरीरमा रातो दाग र बिमिरा देखिन थाले, पेट अप्ठ्यारो हुने, पेटमा पानी जम्ने लक्षण देखिए तत्काल डाक्टरकोमा जानुपर्छ।

डेंगु सार्ने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टे कहा बस्छ ।

डेंगु सार्ने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टे सफा पानीमा बस्छ। घरवरिपरी पानी जमेको ठाउँहरू, घरमा राखेको एयर कन्डिसनको पानी, फूलमा राखेको पानीमा बस्ने भएकाले त्यस्ता ठाउँहरूको पानी हटाउनु पर्छ। साथै घर वरिपरी सफा सुग्घर राख्ने र पानी जम्ने खाल्डाखुल्डी भए पुर्नुपर्छ।

लामखुट्टेको टोकाइबाट बच्न घर बाहिर हिँड्दा हात खुट्टा ढाक्ने कपडा लगाएर जाने, राती सुत्ने बेलामा झुलको प्रयोग गरेर यसबाट बच्न सकिन्छ।

 

सम्बन्धित शिर्षक :