स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा डा. विकास देवकोटाले पदभार ग्रहण गरेका छन्। बुधबारको मन्त्रिपरिषद्को बैठकले डा. देवकोटालाई सचिवको रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो। बिहिबार दिउँसो उनले पदभार ग्रहण गरे।
डा. देवकोटा २०५३ सालमा मेडिकल अधिकृतका रुपमा स्वास्थ्य सेवामा प्रवेश गरेका थिए र पछि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल हुँदै प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका छन्।
उनले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखका रूपमा, साथै स्वास्थ्य सेवा विभागको महानिर्देशकका रूपमा कार्य गरेको अनुभव छ। कोभिड-१९ को समयमा मन्त्रालयले गरेको नियमित स्वास्थ्य ब्रिफिङमा उनका प्रस्तुति सार्वजनिक रूपमा रुचाइएको थियो।
स्वास्थ्य क्षेत्रमा तल्लो तहदेखि माथिल्लो निकायसम्मको अनुभव भएको डा. देवकोटा स्वास्थ्य नीतिगत विषयहरू र कार्यक्रमहरूको बारेमा बुझेका एक दक्ष कर्मचारीका रूपमा चिनिन्छन्।
प्रतिकया दिनुहोस्