स्वास्थ्यसमाचार /आम्दा नेपाल (AMDA Nepal)ले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान र फलफुल वितरण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमको आयोजना सिद्धार्थ बाल र महिला अस्पतालमा गरिएको थियो, कार्यक्रममा अस्पतालका कर्मचारीहरूले रक्तदानमा गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पान्डे प्रमुख अतिथिमा भएको कार्यक्रममा बोल्दै पान्डेले यस अवसरमा स्वास्थ्य सेवा र समाजसेवामा आम्दा नेपालको योगदानको प्रशंसा गर्दै संस्थाले गर्दै आएको कार्यहरूलाई निरन्तरता दिन सबैलाई आह्वान गरे।
उक्त अवसरमा, बिरामीहरूलाई फलफुल वितरण पनि गरिएको थियो, ३४ वर्षको अवधिमा, आम्दा नेपालले देशभरिका विभिन्न स्थानहरूमा स्वास्थ्य सेवा र राहत कार्य गर्दै आएको छ, । कार्यक्रममा आम्दा अस्पतालका मेसु डा बिनोद पराजुलीले स्वास्थ्यक्षेत्रमा आम्दा नेपालको महत्वपुर्ण योगदान भएको बताए ।
कार्यक्रममा नेपाल रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहानको समेत सहभागीता रहेको थियो ।
प्रतिकया दिनुहोस्