स्वास्थ्यसमाचार चालु आर्थिक बर्षको बजेटमा बृद्धि भएको सरकारी कर्मचारीको नयाँ तलव स्केल निर्धारण भएको छ । अर्थ मन्त्रालयले १ साउन देखि लागू हुने गरी नयाँ तलव स्केल निर्धारण गरेको हो बजेट सार्वजनिक गर्दा सबै कर्मचारीको १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरिएको थियो । तर कसले कति तलब पाउने भने सार्वजनिक भएको थिएन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारीको नयाँ तलबमान निर्धारण गरेको छ । जसअनुसार स्वास्थ्य सेवा अन्तर्गत अधिकृत बाह्रौ तहको जम्मा ६४ हजार ७ सय २६ कायम भएको छ । सरकारले कायम गरेको तलबमान ०७६ साउन १…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
लुम्बिनी प्रादेशीक अस्पतालको फार्मेसी संञ्चालनका बिषयमा निकै ठुलो दवाब आयो : मन्त्री बराल
स्वास्थ्यसमाचार/प्रदेश नं ५को सबै भन्दा पुरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा आफ्नै व्यबस्थापनमा फार्मेसी (औषधी पसल) सञ्चालन गरिएको छ । १ सय ७ बर्षमा अस्पतालले आफनो फार्मेसी संञ्चालन गरेको हो। प्रदेश सरकार समाजीक बिकास मन्त्रालयको पहलमा गत शुक्रबार देखी अस्पतालको आफनै फार्मेसी सुरु भएको छ । २०७२ सालमा स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालले आफै फार्मेसी सुरु गर्नु पर्ने नियर्ण गरेपनि अस्पतालले नामको मात्रै फार्मेसी संञ्चानमा ल्याएको थियो । अस्पतालको फार्मेसी सुरु गर्दाको दिननै राम्रो बिक्री भएको र अब दैनीक ३ लाख भन्दा बढीको औषधी बिक्री गर्ने लक्ष्य रहेको अस्पताललका मेसु डा कृष्ण…
संजीबनी कलेजद्धारा बिद्यार्थीलाई स्वास्थ्यसमन्धी तालिम
स्वास्थ्यसमाचार संजीवनी कलेज अफ मेडिकल साइन्सेज बुटवलमा व्याचलर अफ पब्लिक हेल्थ छैटौं सेमेष्टरमा अध्ययनरत तथा अन्य माध्यमिक बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई तालिम प्रदान गरिएको छ । दुई दिने तालिममा उनीहरुलाई महिनावारी सरसफाई व्यवस्थापन र इन्टरनेट लत र त्यसले स्वास्थ्य र शिक्षामा पार्ने प्रभावका विषयमा तालिम प्रदान गरिएको हो । कलेजका दोश्रो सेमेष्टरका विद्यार्थी र रुपन्देही जिल्लाका दश वटा माध्यमिक बिद्यालयमा बिज्ञान बिषयका बिद्यार्थी गरि ४० जना सहभागि थिए । तालिमको समापन कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका उपनिर्देशक महेश बरालले सहभागिलाई प्रमाणपत्र बितरण गर्दै तालिम लिने भन्दा पनि तालिममा…
स्तनपान सप्ताह शुरु : आमा र शिशु दुबैलाई फाइदा
शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध ख्वाउन सल्लाह दिने डा. लक्ष्मी लामिछाने (नाम परिवर्तन)ले आफ्नो शिशुलाई भने जन्मेको दुई महिनासम्म मात्र स्तनपान गराउनुभयो । पढाइ सकेर भर्खर मात्र काम थाल्नुभएकी लामिछानेले आफू चिकित्सक भएका कारण शिशुलाई स्तनपान गराउन समस्या भएको बताउनुहुन्छ । अस्पतालमा कहिले राति त कहिले ४८ घण्टासम्म काम गर्नुपर्ने भएकाले सुरुको दुई महिना मात्र स्तनपान गराएको र पछि नखुवाउने निधो गरेको उहाँले बताउनुुभयो । चिकित्सक लामिछाने भन्नुहुन्छ, “सबैलाई कम्तीमा पनि दुई वर्षसम्म स्तनपान गराउनुपर्छ भनेर सल्लाह दिएँ तर आफँैले खुवाउन नपाउँदा धेरै पीडा भयो । ” शिशुलाई स्तनपान…
प्रदेश ५ सभा :अस्पतालमा दरबन्दी स्तरवृद्धि र स्वास्थ्यको ग्यारेन्टी गर्न माग
स्वास्थ्यसमाचार प्रदेश नम्वर ५ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले स्वास्थ्यको बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरुले स्वास्थ्य प्रदेश ५ सरकारको ध्यानाकर्षण गराएका हुन ।प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले नेपालको संबिधानले आम जनताको स्वास्थ्य सेवाको ज्ञारेन्टी गरे पनि व्यवहारमा लागु हुन नसकेको भन्दै जनतालाई सहज रुपमा स्वास्थ्य सेवामा उपलब्ध गराउने व्यवस्था गर्न माग गरे । स्वास्थ्य संस्थाहरुमा दरवन्दि अनुरुपको चिकित्सक नहुँदा जनताले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको भन्दै उनले तत्काल दरवन्दि अनुसारको चिकित्सक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा…
ज्वानो : रुघाखोकी, पेट वा पाठेघर सबै समस्याको अचुक औषधी
ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले निकै फाइदा गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि…
स्तरबद्धि र बढुवा नरोक्न स्वास्थ्यकर्मीका दश संस्थाले बुझाए स्वास्थ्य सचिवलाई संयुक्त ज्ञापनपत्र
स्वास्थ्यसमाचार/ समायोजन र सामान्य प्रशासन मन्त्रालयलाई कारण देखाउँदै आफूहरुको नियमित रुपमा हुनुपर्ने स्वास्थ्यकर्मीहरुले समायोजनको नाममा गतवर्ष देखि रोकिएको स्तरबृद्धि, पदनाम, जेष्ठता कायम तथा बढुवा सम्वन्धी कार्यहरु तत्काल प्रारम्भ गर्न स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्यका ट्रेड युनियन तथा पेशागत संगठन गरी १० वटा संस्थाका प्रतिनिधिहरुले आज स्वास्थ्य सचिव रामप्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराएका हुन् । सो अवसरमा उनीहरुले आफ्ना ४ बुँदे माग समेटिएको ज्ञापन पत्र समेत सचिव थपलियालाई हस्तान्तरण गरेका छन् ।स्वास्थ्य सेवा ऐनमै साउन र माघमा स्तरबृद्धि गर्ने उल्लेख छ । तर गतवर्ष पुसमा समायोजन हुने भनेर रोकियो…
अर्घाखाँचीको पाणिनि बहुमुखी क्याम्पसमा हेल्थ डेक्स संञ्चालन
स्वास्थ्यसमाचार/ अर्घाखाँची जिल्लाको पाणिनि बहुमुखी क्याम्पसमा हेल्थ डेक्स संचालन गरिएको छ।क्याम्पसका स्ववियु सभापति लक्ष्मण खड्का लगायत सम्पूर्ण स्ववियुको पहलमा हेल्थ डेक्स संञ्चालनमा ल्याईएको हो । क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुले हेल्थ डेक्स आबश्यक भएको भन्दै माग गरेपछि स्वबियुको पहलमा कार्यक्रम सुरु गरिएको हो । हेल्थ डेक्स संयोजक तथा सह याक क्याम्पस प्रमुख दोण प्रसाद भुसाल तथा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीको सहयोगमा स्वास्थ्यकर्मी हेल्थ असिष्टेन्ट सिद्धार्थ आचार्य र विजय बरालद्वारा क्याम्पसका उप प्रध्यापक बाबुराम शर्मालाई सुगर सहितको चेक अफ गरी पाणिनी बहुमुखी क्याम्पसकै इतिहास पहिलो पटक हेल्थ डेस्क उद्घाटन गरिएको थियो । पहिलो…
गौतमबुद्ध मुटु अस्पतालले दाङको लमहीमा डायलाईसिस सेन्टर संञ्चालन गर्ने
स्वास्थ्यसमाचार/ प्युठान जिल्लाका मृगौलाको बिरामीहरु डायलाईसिस सेवा लिन बुटवल, भैरहवा, नेपालगंज जानुपर्ने बाध्यता अन्तय हुने भएको छ ।विगत १ वर्ष अगाडी लमहीमै डायलाइसिस सेवा सुरु गर्ने घोषडा गरेको बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ठाउको अभावमा सेवा सुरु गर्न सकेको थिएन । त्यस क्षेत्रका मृगौलाका बिरामीहरुको समस्यालाई मध्यनजर गदै लमही नगरपालिका वडा न.५ को रातो डाडामा लमही नगर बिकास समितिले डायलाइसिस सेन्टर संचालनको लागी भवन उपलब्ध गराउने निर्णय गरेपछि सेवा संचालन हुने भएको हो । डायलाईसिस सेन्टर संचालनको लागि लमही नगर बिकास समिति र बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका…
स्वास्थ्यमा प्रदेश ५ सरकार : ७ हजार ८ सय ६५ जना जेष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा
स्वास्थ्य समाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले एक बर्षमा ८४ बर्षभन्दा बढी उमेरका, ७ हजार ८सय ६५ जना ज्येष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा दिइको छ । प्रदेश ५ सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय द्धारा २०७५–७६ मा भएका मुख्य उपलब्धी हरुको जानकारी गराउने उदेश्यले आयोजीत पत्रकार सम्मेलनमा प्रदेश सरकार सामाजीक बिकास मन्त्रालयद्धारा गरिएका मुख्य कामको जानकारी गराईएको हो । प्रदेशबाट संचालित आयोजना तथा सम्पूर्ण कृयाकलाकपहरुको चौमासिक तथा वार्षिक समीक्षा प्रणाली स्थापित गरिएको तथा आवश्यकता अनुसार आवधिक समीक्षा पछि आयोजीत पत्रकार सम्मेलनमा सबै मन्त्रालयका मुख्यकामको जानकारी गराएका हुन। सामाजीक बिकास मन्त्रालयले आर्थिक…

