स्वास्थ्यमा प्रदेश ५ सरकार : ७ हजार ८ सय ६५ जना जेष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा

स्वास्थ्य समाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले एक बर्षमा ८४ बर्षभन्दा बढी उमेरका, ७ हजार ८सय ६५ जना ज्येष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा दिइको छ ।

प्रदेश ५ सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय द्धारा २०७५–७६ मा भएका मुख्य उपलब्धी हरुको जानकारी गराउने उदेश्यले आयोजीत पत्रकार सम्मेलनमा प्रदेश सरकार सामाजीक बिकास मन्त्रालयद्धारा गरिएका मुख्य कामको जानकारी गराईएको हो ।

प्रदेशबाट संचालित आयोजना तथा सम्पूर्ण कृयाकलाकपहरुको चौमासिक तथा वार्षिक समीक्षा प्रणाली स्थापित गरिएको तथा आवश्यकता अनुसार आवधिक समीक्षा पछि आयोजीत पत्रकार सम्मेलनमा सबै मन्त्रालयका मुख्यकामको जानकारी गराएका हुन।

सामाजीक बिकास मन्त्रालयले आर्थिक बर्ष २०७५–७६ मा १६ वटा स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला र १७ स्थानमा बर्थिङ सेन्टरको बिस्तार तथा सुदृढीकरण गरिएको छ। त्यस्तै ८ वटा एम्बुलेन्स थप, ११ वटा मर्चरी फ्रिजको वितरण तथा ११ वटा पोष्टमार्टम भवनको निर्माण र सुधार भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

समाजीक बिकास मन्त्रालयले सर्पदंश उपचार सेवा सुधारका लागि १२ सेट उपकरण वितरण गरिएको जनाएको छ । मन्त्रालयले स्वास्थ्य सेवाको गुणस्तर सुदृढीकरणका लागि सिटि स्क्यान, भिडियो एक्सरे, डाइलाइसिस मेसिन, साधारण तथा डिजिटल एक्सरे मेसिन, मोडुलर बेड, मनिटर(आइसियुमा) अटोक्लेभ मेसिन(फोहोर व्यवस्थापन) खरिद तथा अनलाइन विलिङ मेसिन जडान गरिएको जनाएको छ ।

त्यस्तै सामाजीक बिकास मन्त्रालयले शिक्षा क्षेत्रमापनि महत्वपुर्ण काम गरेको उल्लेख गरेको छ । भौतीक पुर्वाधार शौचालय निर्माण‚ खानेपानी सुविधा र प्रयोगशाला सुदृढीकरण , महिला‚ बालवालिका‚ ज्येष्ठनागरिक‚ अपाङ्ग‚ यौनिक अल्पसंख्यक लगायतका क्षेत्रमा कार्यक्रमहरु सञ्चालन भई अधिकार र सेवा सुविधाका बारेमा सचेतनामा बृद्धि लगायतका काम गरेको सामाजीक बिकास मन्त्रालयद्धारा गरिएको उल्लेखनिय काममा उल्लेख गरिएको छ ।पत्रकार सम्मेलनमा सबै मन्त्रालयका कामको जानकारी गराईएको थियो ।

सम्बन्धित शिर्षक :