अर्घाखाँचीको पाणिनि बहुमुखी क्याम्पसमा हेल्थ डेक्स संञ्चालन

स्वास्थ्यसमाचार/ अर्घाखाँची जिल्लाको पाणिनि बहुमुखी क्याम्पसमा हेल्थ डेक्स संचालन गरिएको छ।क्याम्पसका स्ववियु सभापति लक्ष्मण खड्का लगायत सम्पूर्ण स्ववियुको पहलमा हेल्थ डेक्स संञ्चालनमा ल्याईएको हो ।

क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुले हेल्थ डेक्स आबश्यक भएको भन्दै माग गरेपछि स्वबियुको पहलमा कार्यक्रम सुरु गरिएको हो । हेल्थ डेक्स संयोजक तथा सह याक क्याम्पस प्रमुख दोण प्रसाद भुसाल तथा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीको सहयोगमा स्वास्थ्यकर्मी हेल्थ असिष्टेन्ट सिद्धार्थ आचार्य र विजय बरालद्वारा क्याम्पसका उप प्रध्यापक बाबुराम शर्मालाई सुगर सहितको चेक अफ गरी पाणिनी बहुमुखी क्याम्पसकै इतिहास पहिलो पटक हेल्थ डेस्क उद्घाटन गरिएको थियो ।

पहिलो दिनमा सम्पूर्ण शिक्षकहरु र ५० जना विधार्थीहरूको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्यकर्मी हेल्थ असिष्टेन्ट सिद्धार्थ आचार्यले बताए। हेल्थ डेक्स नियमिति संञ्चालन हुने स्वबियु सभापति खडकाले बताए ।

सम्बन्धित शिर्षक :