स्वास्थ्यसमाचार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले आर्थिक बर्ष २०७६-७७ कार्यक्रम पेश गरेको छ ।गाउँपालिका प्रमुख भुपाल पोखरेलले गाउँपालिकाले हालसम्म गरेका कार्यप्रगति जानकारी गराउदैँ आगामी बर्षका लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् । निति तथा कार्यक्रम प्रस्तुत गर्दे अध्यक्ष पोखरेलले स्वास्थ्य क्षेत्रलाई प्राथामीकता दिएका छन । उनले धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा र भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने जैसीथोक, नयाँगाउँ, वस्तु र वाग्ला स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा ल्याउने गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अन्य कार्यक्रमलाई पनि प्रथामिकतामा राखेका छन निति तथा कार्यक्रम मा गाउपालिका…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
सैनामैना नगरपालिका भित्रका विद्यालयहरुमा जंक फुड प्रतिबन्ध
स्वास्थ्य समाचार सैनामैना नगरपालिका भित्र रहेका विद्यालयहरुमा जंक फुड प्रतिबन्ध गरिएको छ। नगरभित्र रहेका ३६ विद्यालयको कम्पाउन्ड भित्र कुनैपनि किसीमको जंक फुड प्रयोग गर्न नपाईनेगरी नगरपालिकाले नीति तथा कार्यक्रम नै पारित गरेको नगर प्रमुख चित्र बहादुर कार्कीले बताए। जंकफुड प्रयोग गर्दा विद्यार्थीहरु धेरै विरामी भए अधिकांशमा हड्डी र जोर्निको समस्या देखियो त्यसैले हामीले घरबाट आमाबुबा तथा अभिभावकले बनाएको नास्ता लिएर खाने गरी व्यवस्थापन गर्न यो अभियान सुरु गरेका हौं मेयर कार्किले भने।घरको नास्ता प्रयोग गर्दा एकातिर विद्यार्थीहरु स्वस्थ हुने, अभिभावकलाई आर्थिक व्ययभार कम पर्ने र बालबालिकाप्रति परिवारको माया र कर्तव्य…
पाल्पामा डायलाईसिस सेवा सुरु हुदै
स्वास्थ्यसमाचार गुल्मी जिल्लाका मृगौलाको बिरामीहरु डायलाईसिस सेवा लिन बुटवल, भैरहवा जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । विगत १ वर्ष अगाडी पाल्पामै डायलाइसिस सेवा सुरु गर्ने घोषडा गरेको बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ठाउको अभावमा सेवा सुरु गर्न सकेको थिएन । त्यस क्षेत्रका मृगौलाका बिरामीहरुको समस्यालाई मध्यनजर गदै तान्सेन नगरपालिका वडा न. ५ बन्दीपोखरा स्थीत श्री लक्ष्मी माध्यमिक विद्यालयले आफनो बहुउद्देशीय भवन डायलाइसिस सेन्टर संचालनको लागी निःशुल्क रुपमा प्रयोग गर्न दिने निर्णय गरेपछि सेवा संचालन हुने भएको हो । डायलाईसिस सेन्टर संचालनको लागि लक्ष्मी माध्यमिक विद्यालय र बुटवल स्थीत…
स्वाथ्यका उपकरण खरिदमा अनियमितताको आशंका छानबिन गर्न संसदिय समिति गठन
स्वास्थ्यसमाचार / स्वास्थ्य उपकरण खरिदमा अनियमितताको गुनासो आएपछि प्रदेश ५ को सार्वजनिक लेखा समितिले छानबिन थालेको छ।सामाजिक विकास मन्त्रालयबाट उपकरण खरिदसम्बन्धी कागजात मगाएर उपसमितिमार्फत छानबिन सुरु गरेको छ । उपकरणमा खरिदमा अनियमितता भएको उजुरी लेखा समितिमा आएको सभापति डिल्ली चौधरीले बताए। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेका उपकरणमा अनियमितता भएको गुनासो समितिमा परेको हो। स्वास्थ्यका एक्सरे मेसिन र रगत जाच्ने मेसिन खरिदमा अनियमितता भएको आशंका गरिएको छ। मन्त्रालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य संस्थालाई दिन १६ वटा हेमाटोलोजी उपकरण खरिद गरेको हो।…
अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला
हरि बाँस्तोला काठमाडौं । २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् । सन् १९१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२ लाख महिला गर्भवती हुने गरेको उल्लेख गर्दै प्रतिवेदनमा तीमध्ये पाँच लाख ३९ हजार अनिच्छित हुने गरेको यहाँ आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । अनिच्छित…
नियमित व्यायाम गरेको २० वर्ष भयो : डा .भगवान कोइराला
डा. भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । चिकित्सकीय क्षेत्र बढी व्यस्त रहने पेसा हो । आमडाक्टरजस्तै डा. कोइराला पनि व्यस्त छन् । व्यस्तताबीच पनि आफूले फिट रहनका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्ने गरेको उनी बताउँछन् । ५९ वर्षीय डा. कोइरालाले फिटनेस सूत्रबारे भने : स्वस्थ रहन ‘फिट’ हुन आवश्यक स्वस्थ रहन ‘फिट’ हुन आवश्यक छ । यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । स्वास्थ्यप्रति सचेत हुने, समयमा उपचार गर्ने र व्यायाम गर्नेजस्ता आधारभूत काम गर्नुपर्छ । तर, स्वस्थ हुनुमात्र ‘फिट’ हुनु होइन । सामान्यतया बराबर तौल भएका दुई व्यक्तिमध्ये ठूलो पेट हुनेमा हृदयाघातको…
नेपाल स्वास्थ्य प्राबिधिक संघद्धारा स्वास्थ्य सेवाका कर्मचारी सुचि सार्वजानीक गर्न माग
स्वास्थ्यसमाचार नेपाल स्वास्थ्य प्राबिधिक संघले स्वास्थ्य सेवाका कर्मचारीको गुनासा सुनाई भई संघिय मामिलाले स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा पठाएपनि कर्मचारीको सुचि सार्वजानीक नभएकोले सार्वजानीक माग गरेको छ । नेपाल स्वास्थ्य प्राबिधिक संघका वरिष्ठ उपाध्यक्ष राम सुन्दर यादबले स्वास्थ्य सेवाका कर्मचारीको सुचि सार्वजानीक गरि संघलाई उपलब्ध गराई दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गरेका छन । वोर्धाथ संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयलाई समेत दिईएको छ ।
स्वास्थ्यको समायोजन : सामान्यबाट आएको सूची फेरी स्वास्थ्यमा अड्कियो
काठमाडौँ, २ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टुग्याएको स्वास्थ्यको समायोजन विषय स्वास्थ्यमा आएर पुन अडकिएको छ । आजबाट कर्मचारीहरुलाई समायोजनको पत्र दिने बताइसकेको स्वास्थ्यले सो कार्य पनि केही दिन ढिला हुने जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फेरी एक पटक ट्यालि र अध्यय्न गर्नुपर्ने देखिएकोले तत्काल पत्र वितरण गर्ने योजना स्थगित भएको बताए । ‘दुई चार दिन लाग्ला पहिले हामी अध्ययन् गर्छौै त्यसपछि मात्रै पत्र वितरण गर्नेछौँ,’ उनले भने । मन्त्रालय स्रोतका अनुसार गुनासा सम्वोधन भएको भनिए पनि यसपटक आएको सूची झनै गञ्जागोल भएको छ…
पाल्पामा च्याउ खाएर बिरामी भएकाको उपचार खर्च सरकारले बेहोर्ने
स्वास्थ्यसमाचार पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि घर फर्केका छन्। स्थानीयवासी ८० वर्षीय प्रेमसिं ठकुरी र दानकुमारीसिं ठकुरीलाई उपचारपछि घर फिर्ता गराइएको सांसद दलबहादुर रानाले वताए । काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहृका ती रिामीको निरन्तर रेखदेख र उपचार खर्च तथा मृतकको क्षतिपूर्तिका लागि सहयोग रकम माग्नका लागि सरकारसँग पहल गरेको सांसद रानाले दानकुमारी रानाको घरको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा लागेको रु १…
गुल्मीको श्रृङगामा नि :शुल्क स्वास्थ्य शिवीर सम्पन्न
स्वास्थ्यसमाचार रोटरी क्लब अफ बुटवल डाउनटाउन र गुल्मीको छत्रकोट गाउंपालिकाको संयुक्त आयोजनामा श्रृङगामा निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ । बुटवलस्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको शिवीरमा छत्रकोट गाउंपालिका संगै गुल्मीका आसपासका गाउंपालिका र अर्घाखांचीबाट समेत विरामीहरु स्वास्थ्य परिक्षणको लागि आएका थिए । अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर समिर गौतमले प्रमुख अतिथी श्रेष्ठको स्वास्थ्य परिक्षण गरी शिवीरको शुभारम्भ गरिएको थियो । सो अवसरमा बोल्दै पांच नं प्रदेशका प्रदेशसभा सदस्य कमल प्रसाद श्रेष्ठले सहज स्वास्थ्य उपचारको पहुंच भन्दा टाढा रहेका विरामीहरुलाई लक्षित गरि विशेषज्ञ सेवा सहितको निशुल्क…

