तोकियो स्वास्थ्य सेवाका कर्मचारीको नयाँ तलब

स्वास्थ्यसमाचार
चालु आर्थिक बर्षको बजेटमा बृद्धि भएको सरकारी कर्मचारीको नयाँ तलव स्केल निर्धारण भएको छ ।

अर्थ मन्त्रालयले १ साउन देखि लागू हुने गरी नयाँ तलव स्केल निर्धारण गरेको हो बजेट सार्वजनिक गर्दा सबै कर्मचारीको १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरिएको थियो ।

तर कसले कति तलब पाउने भने सार्वजनिक भएको थिएन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारीको नयाँ तलबमान निर्धारण गरेको छ । जसअनुसार स्वास्थ्य सेवा अन्तर्गत अधिकृत बाह्रौ तहको जम्मा ६४ हजार ७ सय २६ कायम भएको छ । सरकारले कायम गरेको तलबमान ०७६ साउन १ गते नै देखि लागु हुने छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :