संजीबनी कलेजद्धारा बिद्यार्थीलाई स्वास्थ्यसमन्धी तालिम

स्वास्थ्यसमाचार संजीवनी कलेज अफ मेडिकल साइन्सेज बुटवलमा व्याचलर अफ पब्लिक हेल्थ छैटौं सेमेष्टरमा अध्ययनरत तथा अन्य माध्यमिक बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई तालिम प्रदान गरिएको छ ।

दुई दिने तालिममा उनीहरुलाई महिनावारी सरसफाई व्यवस्थापन र इन्टरनेट लत र त्यसले स्वास्थ्य र शिक्षामा पार्ने प्रभावका विषयमा तालिम प्रदान गरिएको हो ।
कलेजका दोश्रो सेमेष्टरका विद्यार्थी र रुपन्देही जिल्लाका दश वटा माध्यमिक बिद्यालयमा बिज्ञान बिषयका बिद्यार्थी गरि ४० जना सहभागि थिए ।

तालिमको समापन कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका उपनिर्देशक महेश बरालले सहभागिलाई प्रमाणपत्र बितरण गर्दै तालिम लिने भन्दा पनि तालिममा सिकेका कुरा व्यबहारमा उतार्न आग्रह गरे।

कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत दिपक रोका, प्रिन्सिपल सुमित्रा कोइराला, तालिम संयोजक मदन पन्थी, प्रशासकीय अधिकृत राजु अर्याल, आश्रीत श्रेष्ठ, शारदा शर्मा, प्रकाश पौडे, समिक्षा अर्याल लगायतले स्वास्थ्यको अबस्था र गर्नु पर्ने कामको बारे जानकारी गराएका थिए। तालिमको सहजीकरण छैठौं सेमेष्टरका बिद्यार्थीले गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले बताए।

सम्बन्धित शिर्षक :