प्रदेश ५ सभा :अस्पतालमा दरबन्दी स्तरवृद्धि र स्वास्थ्यको ग्यारेन्टी गर्न माग

स्वास्थ्यसमाचार प्रदेश नम्वर ५ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले स्वास्थ्यको बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरुले स्वास्थ्य प्रदेश ५ सरकारको ध्यानाकर्षण गराएका हुन ।प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले नेपालको संबिधानले आम जनताको स्वास्थ्य सेवाको ज्ञारेन्टी गरे पनि व्यवहारमा लागु हुन नसकेको भन्दै जनतालाई सहज रुपमा स्वास्थ्य सेवामा उपलब्ध गराउने व्यवस्था गर्न माग गरे ।

स्वास्थ्य संस्थाहरुमा दरवन्दि अनुरुपको चिकित्सक नहुँदा जनताले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको भन्दै उनले तत्काल दरवन्दि अनुसारको चिकित्सक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य हरि प्रसाद रिजालले प्यूठान जिल्ला अस्पत्तालमा ५० बेडको स्विकृती भएर पनि हाल १५ बेड मात्रै सञ्चालनमा आएको भन्दै १५ बेडकालागि आवस्यक पर्ने डाक्टर समेत कार्यरत नहुँदा स्वास्थ्य सेवा प्रभावीत भएकोले तत्काल दरवन्दि अनुसारका डाक्टर तथा अन्य कर्मचारीको व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गरे ।

अर्का प्रदेशसभा सदस्य मोहमद याकुव अन्सारीले बाँके जिल्लामा रहेको एक मात्र मुटु रोग अस्पत्तालका कार्डीयोलोजिष्ट डाक्टर कृष्ण प्रसाद अधिकारीको काठमाण्डौ सरुवा भएपछि अस्पत्तालबाट प्रदान हुदै आएको मुटु रोग जाँच र उपचार सेवा प्रभावीत भएको भन्दै तत्काल सेवा सूचारु गर्न माग गरे ।

सम्बन्धित शिर्षक :