प्रदेश सरकारले आयुर्वेद क्षेत्रलाई विशेष महत्व दिएको छ महाशाखा प्रमुख डा चौधरी

स्वास्थ्यसमाचार /धन्वन्तरी जयन्ति तथा राष्ट्रिय आयोग्य दिवसमा आयुर्वेदका बारेमा चर्चा गरिएको छ । बुटवल स्थीत लुम्विनी आयुर्वेद चिकित्सालयमा धन्वन्तरी जयन्ती मनाउने क्रममा आयुर्वेद क्षेत्रका बारेमा चर्चा गरिएको हो । स्वस्थ्य क्षेत्रमा आयुर्वेदले पारेको प्रभाव तथा आयुर्वेद चिकित्सा पद्धतीको महत्वका बारेमा पनि चर्चा गरिएको थियो । पछिल्ला दिनहरुमा मानिसका जीवनशैली परिवर्तन हुनु, आरामदायी जीवनशैली अपनाउदा र खानपानमा ध्यान नदिदा विभिन्न खाले स्वस्थ्य समस्या निम्तिने गरेको भन्दै सहभागिहरुले आयुर्वेद चिकित्सा पद्धतीले मानिसमा सकरात्मक प्रभाव पार्ने बताएका थिए । त्यस्तै योग क्षेत्रका बारेमा चर्चा गर्दै सहभागि स्वस्थ्य क्षेत्रका अगुवाहरुले स्वस्थ्य जीवनका लागि योगको…

सरकारले देशभरका स्वास्थ्य संस्थामा ठुलो संख्यामा कोल्डचेन उपकरण भित्र्याउँदै

स्वास्थ्यसमाचार अनलाईन कार्तिक ९, काठमाण्डौं । सरकारले यस आर्थिक वर्षको लागि देशका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकिमा कोल्ड चेन उपकरण भित्राउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोल्ड चेन अप्टिमाइजेसन प्लान परियोजना अन्तर्गत नेपालका विभिन्न स्वास्थ्य संस्थामा यथासिघ्र जडान कार्य थाली खोपलाई अझै व्यवस्थित र सहज रुपमा नेपाली जनताको पहुँचमा पु¥याउने लक्ष्य लिएको हो । खोपको गुणस्तरीयता, ढुवानी तथा स्टोर कार्यमा कोल्ड चेन उपकरण अन्तर्गत रेफ्रिजेरेटरले महत्वपूर्ण भूमिका खेल्ने परिवार स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । उक्त उपकरणको संचालन भएपछि बिरामी खोपकै…

लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माणका लागि वृहत अन्तरकृर्या

स्वास्थ्यसमाचार/लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माणका लागि वृहत अन्तरकृर्या कार्यक्रम सम्पन्न भएको छ । बुटबल १३ मा मुटु अस्पताल आबश्यक रहेकोले सबैको सहयोग आबश्यक रहेको अन्र्तकृर्या कार्यक्रममा बताईएको छ । कार्यक्रममा बोल्दै बुटबल उपमहानगरपालिका वडा नं १३ का वडा अध्यक्ष नारायण प्रसाद पुनले यस क्षेत्रमा मुटु अस्पताल आबश्यक रहेको बताए । उनले आफुहरुले मुटु अस्पताल निमार्णको लागी सबै सहयोग गर्ने बताए । बरिष्ठ पत्रकार डि आर घिमिरेले मुटु अस्पताल निमार्ण प्रकृर्या सुरु भएकोमा खुसी ब्यक्त गरे । सहिद प्रतिष्ठान रुपन्देहीका अध्यक्ष राम प्रसाद बन्जाडेले मुटु अस्पताल निमार्ण कार्यमा आफुहरुको सहयोग रहने…

हेल्थ असिस्टेन्ट संघ नेपाल रुपन्देहीद्धारा सुभ-कामना आदान प्रदान

स्वास्थ्यसमाचार/ हेल्थ असिस्टेन्ट संघ नेपाल, जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा हिन्दुहरुको महान पर्व बडा दशै, सुभ-दिपावली , नेपाल सम्बत ११४० तथा छठ पर्वको पावन अबसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सुभकामना आदानप्रदान कार्यक्रममा सरकारी, गैरसरकारी तथा प्राईभेट क्षेत्रमा काम गर्ने हेल्थ असिस्टेन्टहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गिरि त्रामु मगर, कृष्ण प्रसाद पोखरेल , बालकृष्ण कंडेल, राजेश ज्ञवाली, अबिनास अधिकारी, उमेश घिमिरे , दुर्गादेबी अर्याल, सिद्धार्थ आचार्य , अनिल बिश्वकर्मा, थानेश्वर बस्याल लगायतले सुभकामना मन्त्ब्य राखेका थिए । कार्यक्रममा बोल्दै सघका का।बा अध्यक्ष मदन पोखरेलले पेशागत हकहितको लागि…

पाल्पाको पूर्वखोला गाउँपालिका प्रदेश पाँचकै पहिलो पूर्ण संस्थागत सुत्केरी घोषणा

स्वास्थ्य समाचार/प्रदेश नं ५ को पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत सुत्केुरी गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले प्रसुतीको क्रममा आमा तथा नवजात शिशुको मृत्युदर कम गर्न पालिका भित्रका ६ वटै स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर स्थापना गरेको थियो । पूर्ण संस्थागत सुत्केरीका निश्चित मापदण्ड पुरा गरेको गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको हो । प्रदेश नं ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले एक कार्यक्रमका बिच  गाउँपालिका पूर्ण संस्थागत सुत्केुरी गाउँपालिका घोषणा गरे। मन्त्री बरालले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री बरालले…

नेपालमा आयुर्वेद चिकित्साबारे चेतना फैलाउन आवश्यकः महानिर्देशक उपाध्याय

स्वास्थ्यसमाचार/ वैकल्पिक तथा आयुर्वेद चिकित्सा क्षेत्रका महानिर्देशक वासुदेव उपाध्यायले मानिस बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने बारेमा धन्वन्तरी चिकित्सा पद्धतिको विकास भएको बताएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले शुक्रबार गरेको अन्र्तक्रिया कार्यक्रममा महानिर्देशक उपाध्यायले सो धारणा राखेका हुन् । डा उपाध्यायले जडिबुटीको धनी देश नेपालमा आयुर्वेद चिकित्साबारे मानिसको सोचाई अन्यौल रहेको बताउदै यसबारे चेतना फैलाउनुपर्ने आवश्यकता औल्याए । धन्वन्तरी चिकित्सा प्रणाली अन्र्तगत मुख्यतयाः आयुर्वेद उपचार प्रणाली र विभिन्न योगा पर्दछन् । नेपालमा हाल ६२ प्रतिशत मानिसहरु नसर्ने रोग र ३८ प्रतिशत सर्ने रोगबाट ग्रसित छन् । विभिन्न…

सिद्धार्थनगर नगरपालिका अधिकासं मासु पसलमा सडेगलेको मासु फेला

स्वास्थ्यसमाचार/सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को हाटबजार लाइनमा रहेका मासु पसलको अनुगमन गरिएको हो । अनुगमन समिति संयोजक एवं सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले नगरभित्रका १२ वटा मासु पसलको अनुगमन गर्दा एक क्विन्टल बढी सडेगलेको मासु भेटिएपछि बरामद गरी नष्ट गरिएको बताए । ‘व्यवसायीले जनस्वास्थ्यमाथि निकै खेलवाड गरेको पाइयो । महिनौंदेखि सडेको मासु विक्रीका लागि राखेको पाइएपछि हामीले बरामद गरेर नष्ट गरेका…

यौनइच्छा बढाउने ८ खानेकुरा

मानिसमा विभिन्न कारणले यौनचाहनामा ह्रास आउँछ । जसमा मानसिक तथा शारिरीक कारण महत्वपूर्ण रहन्छ । मानसिक कारण अन्तर्गत चिन्ता, डिप्रेशन, थकानलगायत पर्दछन् भने शारिरीक कारणमा मोटोपन, शारिरीक समस्या, यौनरोय इत्यादि पर्छन् । यौनइच्छा कम हुनुको पछाडी गम्भीर प्रकृतिको कारण भए चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । घरेल रुपमा तल उल्लेखित खानेकुुराहरुले पनि यौनइच्छा बढाउन सकिन्छ । १. गाजर : गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ । २. पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा…

बुढेसकालको यौनइच्छाः कसरी गर्ने व्यवस्थापन ?

पुरुषहरूको उमेर ढल्कँदै जाने क्रममा यौन क्षमता तथा इच्छा घट्दै जान्छ । विभिन्न अध्ययनबाट यस कुराको पुष्टि भइसकेको छ । यसो भन्दैमा सबै पुरुषमा यो लागू हुँ दैन । कतिपय पुरुषले उमेर ढल्कने क्रमसँगै आफ्नो यौनेच्छालाई पनि कायमै गरेका हुन्छन् । यौनेच्छा नहुनुका पछाडि विभिन्न कारण हुन सक्छन् । विशेषगरी उदासीपना र चिन्ता छ भने यौन चाहना घट्दै जान्छ ।   अर्को अवस्था भनेको इन्डोक्राइन हार्मोनको गडबडी एवं कुनै औषधि लगातार रूपमा लामो समयदेखि सेवन गरिरहेको अवस्था छ भने पनि यौन चाहनामा कमी आउँछ । केही अध्ययनहरूले पुरुषहरूमा ५० वर्षको…

स्वास्थ्यको समायोजन पूर्ण हुन अझै चार महिना लाग्ने

स्वास्थ्यसमाचार/ स्वास्थ्य समूहको कर्मचारी समायोजन पुरा हुन अझै चार महिना लाग्ने भएको छ ।सरकारले हालसम्म स्वास्थ्य समूहका २७ हजार कर्मचारीको समायोजन सूचि सार्वजनिक गरेको छ । सूचि सार्वजनिक भएका मध्ये करिब १३ हजार स्वास्थ्यकर्मीले समायोजनप्रति चित्त नबुझेर गुनासो दर्ता गराएका छन् ।उनीहरुको गुनासो सम्बोधन र बाँकी कर्मचारीलाई समेत समेट्न अझै चार महिना लाग्ने भएको हो । कर्मचारी समायोजनका लागि सरकारले आह्वान गरेदेखि नै स्वास्थ्य समूहका कर्मचारीको समायोजना विवादित बनेको थियो । सोही कारण पहिलो र दोस्रो चरण गरी समायोजनामा चित्त नबुझाएका कर्मचारीहरुले गुनासो गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…