सरकारले देशभरका स्वास्थ्य संस्थामा ठुलो संख्यामा कोल्डचेन उपकरण भित्र्याउँदै

स्वास्थ्यसमाचार अनलाईन

कार्तिक ९, काठमाण्डौं । सरकारले यस आर्थिक वर्षको लागि देशका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकिमा कोल्ड चेन उपकरण भित्राउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोल्ड चेन अप्टिमाइजेसन प्लान परियोजना अन्तर्गत नेपालका विभिन्न स्वास्थ्य संस्थामा यथासिघ्र जडान कार्य थाली खोपलाई अझै व्यवस्थित र सहज रुपमा नेपाली जनताको पहुँचमा पु¥याउने लक्ष्य लिएको हो ।

खोपको गुणस्तरीयता, ढुवानी तथा स्टोर कार्यमा कोल्ड चेन उपकरण अन्तर्गत रेफ्रिजेरेटरले महत्वपूर्ण भूमिका खेल्ने परिवार स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । उक्त उपकरणको संचालन भएपछि बिरामी खोपकै लागि टाढा र अन्य जिल्लामा धाउनुपर्ने बाध्यता समेत टरेर जानेछ । हालसम्म भएका कोल्डचेन उपकरणमध्ये आधा मात्रै अहिलेको योजनामा समिटेएको गौतमले जानकारी दिए ।


खोप उत्पादन भएदेखी बिरामीमा प्रयोग नगर्दासम्म उपयुक्त किसिमको वातावरण आवश्यक पर्ने भएकाले यी उपकरण स्वास्थ्य क्षेत्रमा खोपका लागि अति आवश्यक छन् । ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशनको समेत नेपाल सरकारलाई यसमा सहयोग रहनेछ ।
विकट ठाउँ जहाँ विधुतको आपूर्ति हालसम्म पनि भएको छैन उक्त ठाउँलाई विशेष ध्यानमा राख्दैं सोलार समेत जडान गरी उपकरण संचालनमा ल्याइने र उपकरणको जडान सम्बन्धी सबै काम पौष मसान्त सम्ममा सम्पन्न गरिने नेपालका लागि उपकरण जडानको जिम्मा लिने कम्पनीका इन्जिनियर जिवेशजंग कोइरालाले बताए ।

सम्बन्धित शिर्षक :