हेल्थ असिस्टेन्ट संघ नेपाल रुपन्देहीद्धारा सुभ-कामना आदान प्रदान

स्वास्थ्यसमाचार/ हेल्थ असिस्टेन्ट संघ नेपाल, जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा हिन्दुहरुको महान पर्व बडा दशै, सुभ-दिपावली , नेपाल सम्बत ११४० तथा छठ पर्वको पावन अबसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सुभकामना आदानप्रदान कार्यक्रममा सरकारी, गैरसरकारी तथा प्राईभेट क्षेत्रमा काम गर्ने हेल्थ असिस्टेन्टहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गिरि त्रामु मगर, कृष्ण प्रसाद पोखरेल , बालकृष्ण कंडेल, राजेश ज्ञवाली, अबिनास अधिकारी, उमेश घिमिरे , दुर्गादेबी अर्याल, सिद्धार्थ आचार्य , अनिल बिश्वकर्मा, थानेश्वर बस्याल लगायतले सुभकामना मन्त्ब्य राखेका थिए ।

कार्यक्रममा बोल्दै सघका का।बा अध्यक्ष मदन पोखरेलले पेशागत हकहितको लागि सबै एकजुट भएर लाग्नुपर्ने वताए । कार्यक्रम हेल्थ असिस्टेन्ट संघ नेपाल , रुपन्देहीका का।बा अध्यक्ष मदन पोखरेल सुमनको अध्यक्षता, सदस्य सन्तोष खरेलको संचालन तथा अर्बिनचन्द्र आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

सम्बन्धित शिर्षक :