नेपालमा आयुर्वेद चिकित्साबारे चेतना फैलाउन आवश्यकः महानिर्देशक उपाध्याय

स्वास्थ्यसमाचार/ वैकल्पिक तथा आयुर्वेद चिकित्सा क्षेत्रका महानिर्देशक वासुदेव उपाध्यायले मानिस बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने बारेमा धन्वन्तरी चिकित्सा पद्धतिको विकास भएको बताएका छन् ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले शुक्रबार गरेको अन्र्तक्रिया कार्यक्रममा महानिर्देशक उपाध्यायले सो धारणा राखेका हुन् । डा उपाध्यायले जडिबुटीको धनी देश नेपालमा आयुर्वेद चिकित्साबारे मानिसको सोचाई अन्यौल रहेको बताउदै यसबारे चेतना फैलाउनुपर्ने आवश्यकता औल्याए ।

धन्वन्तरी चिकित्सा प्रणाली अन्र्तगत मुख्यतयाः आयुर्वेद उपचार प्रणाली र विभिन्न योगा पर्दछन् । नेपालमा हाल ६२ प्रतिशत मानिसहरु नसर्ने रोग र ३८ प्रतिशत सर्ने रोगबाट ग्रसित छन् । विभिन्न चिकित्सा क्षेत्रको विभिन्न उपलब्धिका कारण ब्यक्तिको औसत आयु बढेता पनि गुणस्तरीय जनजीवनमा भने सुधार नआएको गुनासो आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको रहेको थियो ।

राष्ट्रिय धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस–२०७६’ को पुर्वसन्ध्याको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो ।

सम्बन्धित शिर्षक :