लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माणका लागि वृहत अन्तरकृर्या

स्वास्थ्यसमाचार/लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माणका लागि वृहत अन्तरकृर्या कार्यक्रम सम्पन्न भएको छ । बुटबल १३ मा मुटु अस्पताल आबश्यक रहेकोले सबैको सहयोग आबश्यक रहेको अन्र्तकृर्या कार्यक्रममा बताईएको छ ।

कार्यक्रममा बोल्दै बुटबल उपमहानगरपालिका वडा नं १३ का वडा अध्यक्ष नारायण प्रसाद पुनले यस क्षेत्रमा मुटु अस्पताल आबश्यक रहेको बताए । उनले आफुहरुले मुटु अस्पताल निमार्णको लागी सबै सहयोग गर्ने बताए ।

बरिष्ठ पत्रकार डि आर घिमिरेले मुटु अस्पताल निमार्ण प्रकृर्या सुरु भएकोमा खुसी ब्यक्त गरे । सहिद प्रतिष्ठान रुपन्देहीका अध्यक्ष राम प्रसाद बन्जाडेले मुटु अस्पताल निमार्ण कार्यमा आफुहरुको सहयोग रहने बताएका छन। यस क्षेत्रमा आबश्यक रहेको मुटु अस्पताललाई आफुहरुको सबै सहयोग रहने वताए।

बरिष्ठ समाज सेबि तथा लुम्बिनी सामुदायी मुटु अस्पताल निमार्ण समिति संयोजक पुरुषत्तोम बस्यालले सम्पुर्णलाई मुटु अस्पताल बनाउन सबैलाई सहयोगको लागी अपील गरे । अन्तरकृर्या कार्यक्रममा अस्पतालको मोडलको बारेमा प्रस्ताव संञ्जय लम्सालले पेश गरेका थिए ।

लायन्स कल्ब अफ बेलबास सिटिका अध्यक्ष लक्ष्मण खड्काको अध्यक्षमा भएको कार्यक्रममा संञ्चालन बेद प्रसाद गैरे, स्वागत मन्तव्य डि बि खत्री ले गरेका थिए। अन्तरकृर्यामा उपस्थित सहभाथिले बुटबल पश्चिम अहिले सम्म कुनैपनि अस्पताल नभएको र अहिले यो आबश्यक रहेकोले सबैको सहयोग रहने बताए ।
मुटु अस्पताल निर्माणका लागि यहाँ रहेका लायन्स श्रृजन्सिल , कर्सो महिल मञ्च नेपाल ,लगायत सम्पुर्ण संघ संस्था हरुले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

सम्बन्धित शिर्षक :