प्रदेश सरकारले आयुर्वेद क्षेत्रलाई विशेष महत्व दिएको छ महाशाखा प्रमुख डा चौधरी

स्वास्थ्यसमाचार /धन्वन्तरी जयन्ति तथा राष्ट्रिय आयोग्य दिवसमा आयुर्वेदका बारेमा चर्चा गरिएको छ । बुटवल स्थीत लुम्विनी आयुर्वेद चिकित्सालयमा धन्वन्तरी जयन्ती मनाउने क्रममा आयुर्वेद क्षेत्रका बारेमा चर्चा गरिएको हो ।

स्वस्थ्य क्षेत्रमा आयुर्वेदले पारेको प्रभाव तथा आयुर्वेद चिकित्सा पद्धतीको महत्वका बारेमा पनि चर्चा गरिएको थियो । पछिल्ला दिनहरुमा मानिसका जीवनशैली परिवर्तन हुनु, आरामदायी जीवनशैली अपनाउदा र खानपानमा ध्यान नदिदा विभिन्न खाले स्वस्थ्य समस्या निम्तिने गरेको भन्दै सहभागिहरुले आयुर्वेद चिकित्सा पद्धतीले मानिसमा सकरात्मक प्रभाव पार्ने बताएका थिए । त्यस्तै योग क्षेत्रका बारेमा चर्चा गर्दै सहभागि स्वस्थ्य क्षेत्रका अगुवाहरुले स्वस्थ्य जीवनका लागि योगको महत्व रहेको बताएका थिए ।

कार्यक्रममा वोल्दै सामाजिक विकास मन्त्रालय स्वस्थ्य महाशाखाका प्रमुख डाक्टर उमाशंकर चौधरीले प्रदेश सरकारले आयुर्वेद क्षेत्रलाई विशेष महत्व दिएको बताएका थिए ।अस्पतालका प्रमुख डाक्टर नलिननाथ तिवारीले धन्वन्तरी जयन्तीका बारेमा प्रकाश पारेका थिए ।अस्पतालका योग संयोजक एंव बैद्य विष्णुहरी आचार्यले आरोग्य जीवनका लागि दैनिक रुपमा धन्वन्तरीले प्रतिपादन गरेको स्वस्थ्य शिक्षालाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिका वडा नम्वर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले स्वस्थ्य क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले ध्यान दिने बताए । लुम्विनी आयुर्वेद चिकित्सालयका कविराज निरिक्षक गणेश सापकोटाका अनुसार कार्यक्रममा जिल्ला स्वस्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र गिरी, पताञ्जली योग समिति रुपन्देहीका अध्यक्ष गोविन्द न्यौपाने, नेपाल आयुर्वेद स्वस्थ्यकर्मी समाजका केन्द्रीय सचिव यमलाल भट्टराई, आयुर्वेद औषधी ब्यवसायी संघ रुपन्देहीका सचिव शालिकराम भुसाल, स्वस्थ्य निर्देशनालयका कविराज जीवन वस्यालले आयुर्वेद क्षेत्रका बारेमा चर्चा गरेका थिए ।

सम्बन्धित शिर्षक :