स्वास्थ्यको समायोजन पूर्ण हुन अझै चार महिना लाग्ने

स्वास्थ्यसमाचार/ स्वास्थ्य समूहको कर्मचारी समायोजन पुरा हुन अझै चार महिना लाग्ने भएको छ ।सरकारले हालसम्म स्वास्थ्य समूहका २७ हजार कर्मचारीको समायोजन सूचि सार्वजनिक गरेको छ ।

सूचि सार्वजनिक भएका मध्ये करिब १३ हजार स्वास्थ्यकर्मीले समायोजनप्रति चित्त नबुझेर गुनासो दर्ता गराएका छन् ।उनीहरुको गुनासो सम्बोधन र बाँकी कर्मचारीलाई समेत समेट्न अझै चार महिना लाग्ने भएको हो ।

कर्मचारी समायोजनका लागि सरकारले आह्वान गरेदेखि नै स्वास्थ्य समूहका कर्मचारीको समायोजना विवादित बनेको थियो । सोही कारण पहिलो र दोस्रो चरण गरी समायोजनामा चित्त नबुझाएका कर्मचारीहरुले गुनासो गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने समायोजनको सुरुमै प्राविधिक त्रुटि भएकाले समस्या उब्जिएको बताए ।

उनले तराईका २० जिल्ला र देशका ठूला सहरमा समायोजन गरी कर्मचारी व्यवस्थापन गर्न समस्या रहेको बताए । उनले एउटा दरवन्दी भएको ठाउँमा कति कर्मचारी पठाउने भन्नेमा समस्या रहेको बताए । स्वास्थ्य समूहतर्फ २७ हजार कर्मचारीको समायोजन गरिएको छ ।

जसमा आठ हजारले पहिलो चरणमा र पाँच हजारको हाराहारीमा दोस्रो चरणमा गुनासो दर्ता गराएका थिए । जसको सम्बोधन सरकारले निरन्तर गरिरहेको छ । स्वास्थ्य बाहेकका अन्य कर्मचारीको समायोजन गत फागुनमै टुङ्गिएको छ । स्वास्थ्य समूहमा उब्जिएको विवाद नटुङ्गिदा देशभरको स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । यद्यपि, सरकारले भने समायोजन सूचि सार्वजनिक गर्दै रिक्त स्थानमा कर्मचारी पठाइसकेको र सेवा प्रभावित नभएको दावी गर्दै आएको छ ।

तर, गुनासो सम्बोधन भएनभएको बुझ्न दिनहुँ मन्त्रालयमा कर्मचारीको भिड लाग्ने गरेको छ । स्वास्थ्यकर्मी दिनहुँ मन्त्रालय धाउँदा कार्यक्षेत्र भने खाली हुने गरेको स्वास्थ्यकर्मीहरु नै बताउँछन् ।हाम्रो डक्टरन्युजबाट

 

सम्बन्धित शिर्षक :