स्वास्थ्यसमाचार /रुपन्देहीका बिभिन्न सरकारी सामुदायीक तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई एकदिने स्कील डेभलपमेन्ट तालिम दिएको छ । नेपाल नर्सिड एसोसिसियन नेपाल ‐नान)रुपन्देही शाखाको आयोजनामा नर्सहरुलाई एकदिने स्कील डेभलपमेन्ट तालिम दिएको हो । कार्यक्रममा नान केन्द्रिय उपाध्यक्ष तथा प्रमुख अतिथी डा तारा शाहले नर्सहरुले सेवा दिदा मुस्कान सहितको सेवा दिनुपर्ने बताईन । डा शाहले नर्सहरुको क्षमता अभिबृद्धि गर्न सरकारले नयाँ किसिमका तालिम दिनुपर्ने समेत बताईन । केन्द्रिय उपाध्यक्ष डा शाहले नर्सिड पेशा अहिले कतातिर गैरहेको के गरे यसले राम्रो उपलब्धी हासिल गर्न सक्छ भन्ने तर्फ सबैको ध्यान जानु जरुरी रहेको उनको…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वास्थ्य र स्वास्थ्य क्षेत्र विशेष खबरै खबर – स्वास्थ्य समाचार
स्वास्थ्य समाचार अनलाईन साईटमा हार्दिक स्वागत छ । हामीलाई सामाजिक संजालमा www.facebook.com/SwasthyaSamacharOnline र युट्युव च्यानलमा पनि Swasthya Samachar Online लेखेर प्राप्त गर्न सक्नुहुनेछ । हामीले विशेषत पाँच नं. प्रदेशबाट स्वास्थ्य र स्वास्थ्य क्षेत्र विशेष खबरहरु पस्किदै आएका छौं । रुपन्देही मिडिया नेटवर्कद्वारा संचालित यस क्षेत्रकै एकमात्र अनलाईन स्वास्थ्य खबरपत्रिका हो स्वास्थ्य समाचार नेपाल । हामीलाई सुझाव, सल्लाह र प्रतिक्रिया दिनको लागी ईमेल ठेगाना रहेको छ [email protected].
प्रदेश ५मा नबजात शिशुको मृत्युदर घटाउन यसै बर्ष ४सय नर्सलाई एसबिए तालिम :-मन्त्री बराल
स्वास्थ्यसमाचार/ नबजात शिशुको मृत्युदर कसरी घटाउन सकिन्छ भन्ने उदेश्यले लुम्बिनी प्रादेशीक अस्पतालमा अभिमुखिकरण कार्यक्रम गरिएको छ। गोल्डेन कम्युनिटीको आयोजनामा सुसार परियोजनाले उक्त अभिमुखिकरण कार्यक्रम गरेको हो। अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश ५का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले प्रसुती सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन। मन्त्री बरालले बर्थिङ सेन्टरहरुको विस्तार, औजार, उपकरण वितरण तथा दक्ष प्रसुतिकर्मी उत्पादनमा आवश्यक बजेट विनियोजन सामाजीक बिकास मन्त्रालयले गरेको बताए । उनले प्रदेशका प्रसुती सेवालाई प्रभावकारी बनाउनका यसै बर्ष ४ सय नर्सहरुलाई एसबिए तालिम दिने बताए। मन्त्री बरालले लुम्विनी प्रादेशिक अस्पताललाई प्रदेश रेफरल सेन्टरको रुपमा बिकास…
गीताआयुर्बेद भबनद्धारा बिद्यार्थीलाई न्यानो स्वीटर बितरण
स्वास्थ्यसमाचार/ गीताआयुर्बेदक भवनले विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । तराईमा सितलहर चलिरहेको बेला बुटवल देविनगरमा रहेको गिता आयुर्बेदकले न्यानो कपडा स्विटर पोशाक वितरण गरेको हो । बुटवल उपमहानगरपालिका वडा नं. १४ मा रहेको सरस्वती आधारभूत विद्यालय बिनयपुरलाई मा पढ्ने विद्यार्थीलाई जाडोबाट बच्नको लागि केही भएपनि राहात मिलोस भन्ने उदेश्यले पोशाक वितरण गरिएको गीता आयुर्बेदका सञ्चालक गीता सापकोटाले बताईन । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि स्विटर वितरण गरिएको हो । गीता आयुर्बेदकले प्रत्येक वर्ष सामाजिक सेवा अन्र्तगत विभिन्न कार्यक्रम गर्दै सापकोटाले बताईन ।बुटवल उपमहागनरपालिका वडा नं. १४ का वडा अध्यक्ष…
क्यान्सर रोगथामका लागि सचेतना :- मेयर भुसाल
स्वास्थ्यसमाचार/ क्यान्सर रोगका कारण धेरै ले ज्यान गुमाउनु परेको भन्दै रोगथाम का लागि सचेतना कार्यक्रम हरु अघि बढाउनु बताईएको छ। नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँची को १०औं जिल्ला सभाको उद्घाटन सत्रमा बोल्दै सन्धिखर्कनगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसाल यस्ता घातक रोग हरुका विरुद्ध लडनको लागी सामुहिक कोष बनाइ त्यस्ता खाले बिरामी हरुका लागी उपचारमा सहयोग पुर्याउन सबैले हाते मालो गर्नु पर्ने बताए।उनले सबैभन्दा बढी रोगथामको लागी सचेतना नै भएको बताए। उदघाटनमा सन्धीखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक ,मालारानी गाउँ पालिकाकी उपाध्यक्ष प्रमिला क्षेत्री ,निमित्त प्रमुख जिल्ला अधिकारी…
देवदहको खैरेनीमा १५ शैयाको सुबिधासम्पन्न अस्पताल बन्ने
स्वास्थ्यसमाचार /रुपन्देहीको देवदहमा १५ शैयाको सरकारी अस्पताल निर्माण हुने भएको छ । स्थानिय स्तरमै जनतालाई सर्वशुलभ ढंगले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले देवदह नगरपालीका वडा नम्बर ५ खैरेनीमा उक्त अस्पताल बन्ने भएको हो । करिब ९ करोड रुपैयााको लागतमा निर्माण हुने सो अस्पताल निर्माणका लागि डिपिआर तयार भैसकेको र नगरपालीकाबाट निर्णय स्विकृत भैसकेको देवदह नगरपालिकाले जनाएको छ ।यसबर्ष नै उक्त अस्पतालको निर्माण कार्य शुरु गर्ने लक्षका साथ काम अघि बढाइएको र चालु आर्थिक बर्षमा ३ करोड बजेट बिनियोजन गरिएको नगरप्रमुख हिराबहादुर केसीले बताए । नगर प्रमुख केसीका अनुसार हाल…
पाल्पा, बर्दिया,रामपुर अस्पताल बिकास समितिका अध्यक्ष नियुक्त
स्वास्थ्यसमाचार/ प्रदेश नंं ५ सरकारको शुक्रबार बसेको बैठकले ३ वटा निर्णय गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले बिभिन्न जिल्ला अस्पतालका बिकास समिती अध्यक्ष नियुक्ती गरेको छ। नियुक्तीहुनेमा बर्दिया अस्पतालको अध्यक्षमा अंगद श्रेष्ठ, पाल्पा अस्पतालको अध्यक्षमा नेत्र प्रसाद पाण्डेय, रामपुर अस्पालको अध्यक्षमा बासुदेव शर्मा रहेका छन। त्यस्तै अन्य अस्पताल पृथ्वी चन्द्र अस्पताल नवलपरासीको महिला सदस्यमा सरिता पौडेल, रामपुर अस्पतालमा ईश्वरी देवी खनाल, पाल्पा अस्पतालमा शुसिला देवी श्रेष्ठलाई महिला सदस्यमा नियुक्ती गरिएको उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले जानकारी गराए । त्यस्तै विज्ञापन तथा तत सम्बन्धी व्यवसाय नियमन…
नसर्ने रोगको प्रकोप बढदै :प्रदेश ५मा ९१ हजार भन्दा बढीमा मुटुरोग सम्बन्धी समस्या
मदन शर्मा स्वास्थ्यसमाचार /नसर्ने रोग यतिबेला विश्वकै एउटा मुख्य चासोकोे विषय बनेको छ । पछिल्ला केही वर्ष यता विश्वभर नै नसर्ने रोग तथा यससँग सम्बन्धीत समस्याहरु बढेको पाईएको छ । र अहिलेको अवश्स्थामा यो विषय विश्वव्यापी रूपमै चिकित्सा विज्ञानका निम्ति चुनौतीको विषय बनिरहेकोे छ । एक व्यक्ति बाट अर्को व्यक्तिमा नसर्ने दिर्घ रोग, सुक्ष्म जीबाणु माध्यमबाट नहुने रोग लाई साधारणतया नसर्ने रोग अथवा नन् कम्युनीकमेवल डिजीजेज भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिज समेत भन्ने गरिन्छ । यसमा मुख्य गरेर मुटु सम्बन्धी रोग, क्यान्सर, मधुमेह,…
प्यारासिटामोल :- उचित प्रयोग गरौँ !
– दर्पण घिमिरे “केडिबी चिकित्साशास्त्र अध्ययनरत हाल बढ्दै गरेको चिसो मौसममा रुघा-खोकी, ज्वरो जस्ता रोगहरु देखिनु सामान्य कुरा भइसकेको छ । आजकल, रुघाखोकी, ज्वरोको उपचार घरमै बसिबसी गर्न सिकिसकेका छौँ । तातो झोलिलो पदार्थ पिउने, न्यानो लुगा लगाउने लगायत तरिका प्रयोग गर्दा रुघाखोकी वा ज्वरोबाट वचन सकिनुका साथै निदान समेत गर्न सकिन्छ । तर, हिजोआज, बढ्दो बैज्ञानिक युगसङ्गै प्राथमिक घरेलु उपचार त्यागेर, झट्टै केमिकल औषधीहरुको प्रयोग गर्न थालिएको पाइन्छ । बन्द आखाले पुर्ण विश्वासका साथ प्रयोग गरिने औषधीहरु मध्ये “प्यारासिटामोल”(Paracetamol) पनि एक हो । प्यारासिटामोल / एसिटामिनोफेन (आमभाषामा “सिटामोल”), दुखाई…
नेपालमै पहिलो खोप लगाउनु पूर्व वच्चाको स्वास्थ्य परिक्षण गर्ने गाँउपालिका मायादेवी
स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाँउपालिकाको स्वास्थ्य शाखाले वालवालिकाको स्वास्थ्य परिक्षण गरेर मात्र खोप लगाउने परिपार्टीको शुरुवात गर्ने निर्णय गरेको छ । स्वास्थ्य शाखाले गाउपालिकाका ४ वटा स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीलाई खोप लगाउनु पूर्व वालवालिकाको स्वास्थ्य परिक्षण अनिवार्य गर्ने गरि प्रशिक्षण प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले बताए । विशेष गरि नेपाल सरकारले १५ महिना मुनीका वालवालिकालाई निशुल्क रुपमा विभिन्न ११ प्रकारका रोग विरुद्धको खोप लगाउने गर्दछ । \नेपाल सरकारले १५ महिना मुनिका वालवालिकालाई क्षयरोग, भ्यागुते, लहरेखोकी, धनुष्टकार, हेपाटाईटिस बी, होम फिलोस ईन्फून्जा टाईव बी, पोलियो, दादुरा, रुवेला, जापानिज…

