पाल्पा, बर्दिया,रामपुर अस्पताल बिकास समितिका अध्यक्ष नियुक्त

स्वास्थ्यसमाचार/ प्रदेश नंं ५ सरकारको शुक्रबार बसेको बैठकले ३ वटा निर्णय गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले बिभिन्न जिल्ला अस्पतालका बिकास समिती अध्यक्ष नियुक्ती गरेको छ।

नियुक्तीहुनेमा बर्दिया अस्पतालको अध्यक्षमा अंगद श्रेष्ठ, पाल्पा अस्पतालको अध्यक्षमा नेत्र प्रसाद पाण्डेय, रामपुर अस्पालको अध्यक्षमा बासुदेव शर्मा रहेका छन।
त्यस्तै अन्य अस्पताल पृथ्वी चन्द्र अस्पताल नवलपरासीको महिला सदस्यमा सरिता पौडेल, रामपुर अस्पतालमा ईश्वरी देवी खनाल, पाल्पा अस्पतालमा शुसिला देवी श्रेष्ठलाई महिला सदस्यमा नियुक्ती गरिएको उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले जानकारी गराए ।

त्यस्तै विज्ञापन तथा तत सम्बन्धी व्यवसाय नियमन गर्न र विज्ञापन कर संकलन गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।मन्त्रीपरिषदले रुपन्देही र बाँकेमा पर्यटन कार्यालय स्थापना गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित शिर्षक :