प्रदेश ५मा नबजात शिशुको मृत्युदर घटाउन यसै बर्ष ४सय नर्सलाई एसबिए तालिम :-मन्त्री बराल

स्वास्थ्यसमाचार/ नबजात शिशुको मृत्युदर कसरी घटाउन सकिन्छ भन्ने उदेश्यले लुम्बिनी प्रादेशीक अस्पतालमा अभिमुखिकरण कार्यक्रम गरिएको छ।

गोल्डेन कम्युनिटीको आयोजनामा सुसार परियोजनाले उक्त अभिमुखिकरण कार्यक्रम गरेको हो। अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश ५का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले प्रसुती सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन।

मन्त्री बरालले बर्थिङ सेन्टरहरुको विस्तार, औजार, उपकरण वितरण तथा दक्ष प्रसुतिकर्मी उत्पादनमा आवश्यक बजेट विनियोजन सामाजीक बिकास मन्त्रालयले गरेको बताए । उनले प्रदेशका प्रसुती सेवालाई प्रभावकारी बनाउनका यसै बर्ष ४ सय नर्सहरुलाई एसबिए तालिम दिने बताए। मन्त्री बरालले लुम्विनी प्रादेशिक अस्पताललाई प्रदेश रेफरल सेन्टरको रुपमा बिकास गर्ने तरिकाले सबै जिल्ला अस्पतालमा आईसियु सेवा संञ्चालको तयारी गरेको बताए ।

सबै जिल्लामा आबश्यक आईसियु भए यहाँँ धेरै आउँँदैनन आवश्यक रेफरल गर्नुपर्ने मात्र आउने भएकोले आईसियु शुरु गर्ने तयारी भएको बताए । मन्त्री बरालले लुम्विनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारले गौरवको आयोजनामा समाबेस गरेकोले यस्को आबश्यक भौतीक संरचना देखी सबैको ब्यबस्थापन गर्ने बताए ।

अहिले प्रसुती सेवाको लागी ठाउँँको अभाब भैरहेकोले आम्दा अस्पताललाई प्रदेशमा ल्याउनको लागी छलफल भैरहेको र आम्दा आईसेकपछि प्रसुती सेवा त्यहि संञ्चालन गर्ने बताए । त्यहाँँ आवश्यक आईसीयु एनाईसियु र सिसीयु सबै बनाएर सुरक्षित प्रसुती सेवादिने ब्यबस्था मिलाउने बताए ।

लुम्विनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले ठाउको अभाब भएपनि अस्पतालमा ब्यबस्थापन गरेको बताए ।आफु भरखरै आएकोले अध्यन गर्देरहेको बताउदै डा खनालले भने अस्पतालबाट दिने सेवालाई कुनैपनि कमिहुन नदिने बताए ।

अभिमुखीकरण कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पतालका बालरोग प्रमुख डा नेत्र रानाले अस्पताल नबजात शिशुको अबस्था दैनीक कति आउने कसरी ब्यबस्थापन र उपचार लगायका बिषयमा जानकारी गराएका थिए । गोल्डेन कम्युनिटी पलानिड म्यानेजर हनी मल्लले यो कार्यक्रम ४ प्रदेश र ३ केन्द्रिय अस्पतालमा सुरु हुने बताईन। प्रदेश नं ५मा भने यो कार्यक्रम लागुहुने मल्लले बताईन ।

कार्यक्रममा सामाजीक बिकास मन्त्रालयका सचिब डा गोपीकृष्ण खनाल,स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी स्वास्थ्यमहाशाखा प्रमुख डा उमासंकरण प्रसाद चौधरी गोल्डेन कम्युनिटी पलानिड म्यानेजर हनी मल्ल कार्यक्रम ब्यबस्थापक रेजीना गुरुड ,लुम्बिनी प्रादेशीक अस्पतका स्त्रीरोग प्रमुख डा श्रीधर आर्चाय,डा भक्त राबत अस्पतालका नर्सिड बिभाग प्रमुख लगायतको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा नबजात शिशुसंग सम्बधीत सेवा तत्पर्ता उपलब्धता सेवाको गुणस्तरता पहिचाहन समस्या पहिचान प्राथामिकरण तथा कार्ययोजनामा छलफल भएको थियो । कार्यक्रमको संञ्चालन नर्सिड अधिकृत ज्योती पौडेलले गरेकी थिईन।

सम्बन्धित शिर्षक :