नेपालमै पहिलो खोप लगाउनु पूर्व वच्चाको स्वास्थ्य परिक्षण गर्ने गाँउपालिका मायादेवी

स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाँउपालिकाको स्वास्थ्य शाखाले वालवालिकाको स्वास्थ्य परिक्षण गरेर मात्र खोप लगाउने परिपार्टीको शुरुवात गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य शाखाले गाउपालिकाका ४ वटा स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीलाई खोप लगाउनु पूर्व वालवालिकाको स्वास्थ्य परिक्षण अनिवार्य गर्ने गरि प्रशिक्षण प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले बताए ।

विशेष गरि नेपाल सरकारले १५ महिना मुनीका वालवालिकालाई निशुल्क रुपमा विभिन्न ११ प्रकारका रोग विरुद्धको खोप लगाउने गर्दछ ।
\नेपाल सरकारले १५ महिना मुनिका वालवालिकालाई क्षयरोग, भ्यागुते, लहरेखोकी, धनुष्टकार, हेपाटाईटिस बी, होम फिलोस ईन्फून्जा टाईव बी, पोलियो, दादुरा, रुवेला, जापानिज ईन्सेप्लाईटिस र निमोनिया रोग विरुद खोप लगाउने व्यवस्था गरेको खोप अधिकृत भेषराज शर्माले बताए ।

आउदो पौषको दोस्रो हप्ता देखि संचालन गरिने यो अभियानले खोपका कारण वालवालिकाको मृत्यु भएको भनी विगतमा हुन गुनासाको अन्त्य हुने संयोजक आत्रेयको भनाई छ।खोप लगाउनु पूर्व वालवालिकाको न्वरो, निमोनिया, पखाला, रक्तश्राव,,तौल कुपोषणका वारेमा परिक्षण गर्नुका साथै आमालाई स्वास्थ्य शिक्षाका वारेमा जानकारी गराउने समेत बताए।

उक्त गाउँपालिकामा १७ वटा खोप क्लिनिक मार्फत करिव १ हजार १ सय वालवालिकाहरुलाई खोप सेवा प्रदान गरिने गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित शिर्षक :