क्यान्सर रोगथामका लागि सचेतना :- मेयर भुसाल

स्वास्थ्यसमाचार/ क्यान्सर रोगका कारण धेरै ले ज्यान गुमाउनु परेको भन्दै   रोगथाम का लागि सचेतना कार्यक्रम हरु अघि बढाउनु बताईएको छ।

नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँची को १०औं जिल्ला सभाको उद्घाटन सत्रमा बोल्दै सन्धिखर्कनगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसाल यस्ता घातक रोग हरुका विरुद्ध लडनको लागी सामुहिक कोष बनाइ त्यस्ता खाले बिरामी हरुका लागी उपचारमा सहयोग पुर्याउन सबैले हाते मालो गर्नु पर्ने बताए।उनले सबैभन्दा बढी रोगथामको लागी सचेतना नै भएको बताए।

उदघाटनमा सन्धीखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक ,मालारानी गाउँ पालिकाकी उपाध्यक्ष प्रमिला क्षेत्री ,निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे ,सनपा २ का वडा अध्यक्ष मोतीजङ रायमाझी ३ का वडा अध्यक्ष लिलाराम गौतम, ५ का वडा अध्यक्ष राजेन्द्र भुसाल १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली १ का कार्यबाहक अध्यक्ष लक्ष्मण पराजुलीले बोलेका थिए ।

सभाले नारायण प्रसाद पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ। समितिको बरिस्ठ उपाध्यक्ष दोण प्रसाद भुसाल उपाध्यक्ष राजेन्द्र भुसाल सचिव कुशल भुसाल, कोषाध्यक्ष श्री कृष्ण भुसाल सहसचिव सहयोगी बिसि र सदस्य हरुमा क्रमश लिलाराम गौतम ,कृष्ण प्रसाद बन्जाडे,नेत्र प्रसाद भुसाल ,शान्ता खत्री ,बिजुला रायमाझी ,लक्ष्मण पोख्रेल ,शारदा रायमाझी ,यज्ञ पराजुली र चुरामिण भुसाल रहेका छन ।

सम्बन्धित शिर्षक :